nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका जनप्रतिनीधिले ६२ गन्तव्य देखाउँदै यसरी गरे पर्यटकको स्वागत

मकवानपुर थाहा नगरपालिकाका जनप्रतिनीधि १६ पौषको एका विहानै नगर भित्रने पर्यटकलाई स्वागत गर्न तम्सिए । विहानै उपप्रमुख खड्ग गोपाली सहितको टोली सिमभन्ज्याङ पुगे । भारतको पटनाबाट थाहानगरको दामन सिमभन्ज्याङ घुम्न आएकी आरती सिंह र उनका साथीहरुलाई उपमेयर गोपाली, ४ नम्बर वडा अध्यक्ष दिपकसिं लामालगायतको टोलीले माला लगाईदिए, फुलको गुच्छा दिए अनि थाहा नगर घुम्न आएकोमा धन्यवाद दिए । सिमभनज्याङ थाहा नगरपालिका र भिमफेदीको नाका बजार हो ।  आरती सिंहसहित १० सदस्यीय भारतीय पर्यटकहरु नेपाल भ्रमणमा आएका थिए । भारतबाट नेपाल आएका पर्यटकलाई एक्कासी स्वागत गर्दा उनीहरु अचम्ममा परेको सुनाए । 

नगरपालिकाले नयाँ वर्ष मनाउन आएका पर्यटकलाई पुष्पगुच्छा र खादासहित पर्यटकलाई स्वागत गरेको हो । पहिलो दिन थाहा नगरको सिमभन्ज्याङमा थाहा नगरका उपमेयर खड्ग गोपालीले भारतीय पर्यटकलाई स्वागत गरेका थिए । नयाँ वर्ष मनाउन आएका उनीहरुलाई थाहानगरको विभिन्न पर्यटकीय  गन्तव्य उपप्रमुख गोपालीले देखाएका थिए । नगरपालिकाले गरेको स्वागतबाट आफूहरु हर्षित भएको भारतीय पर्यटक सिंहले बताइन् । 

त्यस्तै दामनमा पनि पर्यटकहरुलाई जनप्रतिनीधि तथा बजार व्यवस्थापन समितिका पदाअधिकारीहरुले स्वागत गरेका थिए । अघिल्लोदिन आएर दामन बसेका पर्यटकहरुलाई सेल्फी डाँडामा एक समारोहको आयोजना गरी उमप्रमुख गोपाली, वडा अध्यक्ष लामालगायतको टोलीले स्वागत गरेका हुन् । 

नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन मकवानपुरको उत्तरी पर्यटकीय क्षेत्र थाहा नगरले आफ्नो क्षेत्रमा ६२ वटा पर्यटकीय गन्तव्य देखाउँदै पर्यटकको स्वागत गरेको हो । थाहा नगरपालिकाको दामन, सिमभन्ज्याङ चित्लाङसहितका गाउँका सांस्कृतिक पहिचानसहित गन्तव्य चिनाएको हो ।

थाहा नगरपालिकाले भ्रमण वर्ष २०२० को पहिलो दिन अर्थात जनवरी फष्टमा थाहा नगरपालिकाले चित्लाङमा आयोजना गरेको पर्यटक स्वागत कार्यक्रममा नगर प्रमुख लवशेर विष्टले पुष्पगुच्छा सहित स्वागत गरेका थिए । पर्यटकीय गाउँ चित्लाङ घुम्न आएका पर्यटकहरुलाई प्रमुख विष्ट सहित वडा नम्बर ६ का वडा अध्यक्ष शशीधर सुवेदी, ९ का वडा अध्यक्ष परशुराम श्रेष्ठ, ११ नम्बर वडा अध्यक्ष किरणमान बललगायत सहभागी थिए ।

थाहा नगरपालिकाले नगरका उत्कृष्ट ६२ पर्यटकीय गन्तव्यको घोषणासहित पर्यटकलाई सम्मान गर्ने कार्यक्रममा ल्याम्हःपुच मकवानपुर, फरक सोच, पालुङ जेसीज, बजार व्यवस्थापन समिति दामन, सिमभन्ज्याङ, शिखरकोट तथा पालुङ जेसीज, थाहानगर उद्योग वाणिज्य संघ, सामुदायिक होमस्टे व्यवस्थापन समिति चित्लाङ, होटल एशोसिएशन थाहानगरलगायतका संस्थाहरुले समन्वय गरेका थिए । समन्वय गर्ने संघसंस्थाहरुलाई प्रशंसापत्र वितरण गरिएको छ । 

थाहानगरको पर्यटकीय गन्तव्यको भ्रमण गरौं, नेपाल भ्रमण वर्ष २०२० सफल पारौं’ भन्ने नारा सहित नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ समारोहमा नगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, वडा नम्बर ६ का वडा अध्यक्ष शशीधर सुवेदी, ९ का वडा अध्यक्ष परशुराम श्रेष्ठ, ११ नम्बर वडा अध्यक्ष किरणमान बल, नेकपा प्रदेश ३ सचिवालय सदस्य विष्णु विष्ट आदर्श, नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, महासचिव कृष्ण सारु, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य राजन दाहाल, नेकपा थाहानगर सचिव सानुकाजी गोपाली, थाहा नगरपालिकाका प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, स्वास्थ्य संयोजक मेघराज बलामी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेलगायतकाको उपस्थिती रहेको थियो ।  
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)