Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका किसानलाई ५० प्रतिशत अनुदानमा सामाग्री वितरण

Rajeeeeee-1578468410.jpg

थाहा नगरपालिका कृषि विकास शाखाले किसानहरुका लागि विभिन्न कृषि उपकरण तथा सामाग्रीहरु वितरण गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामाग्री वितरण गरिएको हो ।

शाखाले २३ पौषमा एक कार्यक्रमकाबीच कृषक समूह, कृषि सहकारी र कृषि फर्ममा आवद्ध किसानहरुका लागि सामाग्रीहरु वितरण गरिएको कृषि विकास शाखाका प्रमुख संजय तिवारीले जानकारी दिए । किसानहरुलाई सिल्पोलिन प्लाष्टिक २ सय थान, मल्चिङ १ सय २० रोल, स्प्रेयर ड्युल २ सय २२ थान, थोपा सिंचाइ १ सय ८८ थान ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । 

वितरण कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजेश केसी, कृषि शाखाका प्रमुख तिवारी, कृषि प्राविधिक राजकुमार श्रेष्ठ, किसानहरु लगायतकाको उपस्थिती रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०