Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका एम्बुलेन्स चालकलाई संक्रमण विरुद्ध सुरक्षा नै सुरक्षा

Ambulance-1586411530.jpg

थाहा नगरपालिका भित्र संचालन हुने एम्बुलेन्स मध्ये कम्तिमा ३ वटालाई बिरामी राख्ने ठाउँ र चालकबीचको दुरी कायम गर्न पार्टिशन गर्ने भएको छ । विभिन्न रोगको संक्रमणबाट सुरक्षित गर्नको लागि यस्तो पार्टिशन गर्ने निर्णय भएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय  अधिकृत हरिलाल पुरीले जानकारी दिए । 

‘अहिले कोरोना भाइरस संक्रमणको जोखिम छ’ प्रमुख प्रशासकीय अधिकृत पुरीले भने–‘एम्बुलेन्स चालकलाई जुनसुकै कुनै पनि रोगको संक्रमणको जोखिम हुन सक्छ त्यसैले यस्तो सुरक्षा अपाउन लागिएको हो ।’ एम्बुलेन्समा विरामी ओसार पसार गरेपिच्छे तत्काल सेनिटाइज गर्नको लागि स्प्रे पम्पको साथै सेनिटाइजर समेत राखिएको छ । 

यसअघि नगरका एम्बुलेन्स चालकहरुलाई पि.पि.ई समेत वितरण भैसकेको छ । थाहानगरमा विभिन्न संस्थाहरुबाट संचालित ६ वटा एम्बुलेन्स रहेका छन् । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०