nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका उमेद्वारको गाडीमा आगजनी

मकवानपुरको थाहानगरमा वडाध्यक्ष उमेद्वारको गाडीमा आगोलगाइएको छ । संघीइ समाजवादी फोरम र नयाँ शक्ति नेपालको तर्फबाट थाहा नगरपालिका ४ नम्बर वडा अध्यक्षका लागि उमेद्वारी दिएका विनय गोलेको फोर्स गाडी जलाइएको हो । 
बा ३ ख ५३८९ नम्बरको  फाेर्स आगलागिका कारण फोर्सको अगाडिको टायर काम नलाग्ने भएको छ । २७ वैशाख गएराती नचिनेका व्यक्तिहरुले गाडीमा आगजनी पछी भागेको नयाशक्ती थाहा नगरपालिका वडा न ३ का अध्यक्ष उम्मेदवार सुजन रायमाझीले बताएकाछन् । 

थाहा नगरपालिका वडा नम्बर ३ सृजनाबस्ती नजिक रोकी राखेको फोर्स गाडीमा आगजनी गरिएको हो । आगो कस्ले लगायो भन्ने विषयमा अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।



burning-cars-1494380208.jpg