Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका उमेद्वारको गाडीमा आगजनी

मकवानपुरको थाहानगरमा वडाध्यक्ष उमेद्वारको गाडीमा आगोलगाइएको छ । संघीइ समाजवादी फोरम र नयाँ शक्ति नेपालको तर्फबाट थाहा नगरपालिका ४ नम्बर वडा अध्यक्षका लागि उमेद्वारी दिएका विनय गोलेको फोर्स गाडी जलाइएको हो । 
बा ३ ख ५३८९ नम्बरको  फाेर्स आगलागिका कारण फोर्सको अगाडिको टायर काम नलाग्ने भएको छ । २७ वैशाख गएराती नचिनेका व्यक्तिहरुले गाडीमा आगजनी पछी भागेको नयाशक्ती थाहा नगरपालिका वडा न ३ का अध्यक्ष उम्मेदवार सुजन रायमाझीले बताएकाछन् । 

थाहा नगरपालिका वडा नम्बर ३ सृजनाबस्ती नजिक रोकी राखेको फोर्स गाडीमा आगजनी गरिएको हो । आगो कस्ले लगायो भन्ने विषयमा अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।



burning-cars-1494380208.jpg