nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका उपभोक्ता समितिलाई अनुशिक्षण

मकवानपुर थाहा नगरपालिकाले उपभोक्ता समितिहरुलाई अनुशिक्षण दिन शुरु गरेको छ । 

नगरपालिकाले आर्थिक वषृ २०७६-०७७ मा नगर क्षेत्रमा संचालन गरिने योजनाका लागि गठन भएका उपभोत्त,ा समितिका पदाअधिकारीहरुलाई तालिम दिन थालेको हो । यस अन्तर्गत २ असोजमा वडा नम्बर १ र २ का उपभोक्ता समिति पदाअधिकारीहरुलाई थानाबजारमा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा तालिम भएको हो । 

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यमा भएको  अनुशिक्षणमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले सहजीकरण गरेका थिए  । अनुशिक्षणमा उपभोक्ता समिति गठनदेखि योजना अनुगमन तथा भुक्तान िप्रक्रिया सम्मको विषयमा सिकाइएको थियो ।

थाहा–१ का वडा अध्यक्ष हेरमान गोपालीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष गुप्त बहादुर कार्की, थाहा नगरपालिकाका राजनिितक सल्लाहकार विष्णु विष्ट आदर्श, नेकपा थाहानगरका अध्यक्ष अरुण रायमाझी, सचिव सानुकाजी गोपाली, थाहा नगरपालिकाका लेखा अधिकृत विष्णु भुसाल, योजना शाखाका प्रकाश कुमार लामा, वडा सदस्यहरुलगायतकाको आतिथ्यता रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)