Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका उपभोक्ताहरुका लागि सचेतनामुलक कार्यक्रम 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको आयोजनामा थाहानगर उद्योग वाणिज्य संघको सभा हलमा उपभोक्ता भेला तथा सरोकारवालासंग सचेतना कार्यक्रम भएको छ । 

थाहा नगरपालिका प्रशासन महाशाखा प्रमुख अजित घिमिरेको प्रमुख आतिथ्यतामा ८ पौषमा भएको कार्यक्रममा थाहानगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरुषोतम ढकाल, सचिव प्रदिप प्रधान, सदस्य अञ्जल प्रधान, उपभोक्त हित संरक्षण मञ्चका गणेशमान श्रेष्ठ, थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने र किराना तथा थाहा होटल एशोसियसन मकवानपुरका व्यवसायिहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा थाहानगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरुषोतम ढकालले व्यपारी व्यपारी मात्र नभएर उपभोक्ता पनि सचेत हुन आवश्यक रहेको बताए । उनले उपभोक्ता सु–सुचित भए व्यपारी पनि सचेत हुने र समय समयमा यस्तो कार्यक्रम हुनु पर्ने भन्ने धारणा राखे । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका गणेशमान श्रेष्ठले पनि उपभोक्ता नै सचेत हुनु पर्ने र व्यपारीले खाद्य तथा अखाद्य सामानको भण्डारणमा ध्यान पु¥याउनु पर्ने बताए । खाद्य अनुसन्धान अधिकृत आकाश काफ्लेले सञ्चालन गरेको उक्त कार्यक्रमलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सोमकान्त रिजालले सहजिकरण गरेका थिए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०