Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरकाे बज्रवाराही सहकारीमा चोरी 

BB-1578281690.jpg

थाहा नगरपालिका वडा नम्बर ६  मा रहेको बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी चएको छ ।  २० पौष राती चोरी भएको सहकारी संस्थाले जनाएको छ । अहिले घटना स्थलमा इलाका प्रहरी  कार्यालय पालुङका सुरक्षाकर्मीहरु पुगेका छन् । घटनाको अनुसन्धान भैरहेको बतायएको छ ।

सहकारीमा सिसिक्यामेरा जडान भएकोले दोषी बत लाग्न सक्ने सहकारीका शेयर सदस्यहरुले बताएकाछन् । बज्रवाराहीमा यसअघि पनि प्यासिफिक बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको थियो ।

सहकारीमा चोरी भएसंगै सुरक्षा चुनौति थपिएको स्थानीयहरुको भनाइ छ ।