Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरकाे तरकारी बजारीकरणका लागि उपसमितिको सक्रियता

sahakari-1588690901.jpg

थाहानगर सहकारी समन्वय समितिको बैठकले तरकारी बजार व्यवस्थापन उप समिति गठन गरेको छ । सहकारी समन्वय समितिका अध्यक्ष महेश्वर सुवेदीको अध्यक्षतामा बसेको बैठकले फणिन्द्रनाथ सुवेदीको अध्यक्षतामा तीन सदस्यीय उपसमिति गठन गरिएको हो । समितिमा बिमल केसी र शुक्ला गोपाली सदस्य छन् । 

बैठकमा थाहा नगरपालिका नगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, मकवानपुर जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमलकुमार ढकाल, जिल्ला कृषि सहकारी संघ मकवानपुरका सदस्य राजकुमार केसी, थाहा नगरपालिकाका प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, सहकारी शाखा प्रमुख उमेश श्रेष्ठलगायत सहभागी थिए । 

बैठकको अवसरमा थाहा नगरपालिकाका प्रमुख विष्टले थाहानगरमा उत्पादन भएको तरकारी बिक्रीको लागि नयाँ बजार खोज्नु पर्ने धारणा व्यक्त गरेका छन् । उनले नयाँ बजारको खोजी गरी बजार व्यवस्थापनमा लाग्न आवश्यक रहेको औंल्याए । कार्यक्रममा मेयर विष्टले नयाँ तरकारी बजारको खोजी गर्न नगरका सहकारीहरुलाई आग्रह समेत गरे, यसका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०