nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरकाे अर्धवार्षिक समीक्षा : ९ प्रतिशत याेजना सम्पन्न, २९ प्रतिशत खर्च

IMG_20220112_132419-1641973196.jpg

जनप्रतिनिधिहरुकाे पहिलाे कार्यकालकाे अन्तिम आर्थिक वर्षकाे पहिलाे ६ महिनामा थाहा नगरपालिकाकाे प्रगति सन्ताेषजनक देखिएकाे छैन । 

२८ पुसमा जेसीज सभाहलमा आयाेजित थाहा नगरपालिकाकाे दशाैँ नगरसभामा आर्थिक वर्ष २०७८/०८९काे संशाेधित बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख खड्गबहादुर गाेपालीले नगरपालिका लक्ष्य अनुसार अघि बढ्न नसकेकाे सुनाए । 

उनले आगामी फागुन मसान्तसम्म सबै याेजनाहरु सम्पन्न गरिसक्नुपर्नेमा २० पुससम्मकाे ६ महिनामा अवधिमा ९ प्रतिशत मात्र याेजना सम्पन्न भएकाे जानकारी दिए । गाेपालीका अनुसार ९ प्रतिशत याेजनाहरुकाे फरफारकसमेत भइसकेकाे छ ।  नगरपालिकाकाे गत असारमा सम्पन्न नवाैँ नगरसभाले पारित गरेकाे ९१ प्रतिशत याेजना अबकाे दुई महिनामा सम्पन्न गर्न नगरपालिकालाई चुनाैति छ ।

त्यस्तै नगरपालिकाकाे वित्तीय प्रगति पनि सन्ताेषजनक देखिएकाे छैन । वित्तीय प्रगतिमा पनि नगरपालिका निकै पछाडि परेकाे बताउँदै उपप्रमुख गाेपालीले फागुन मसान्तसम्म सबै याेजना सम्पन्न गर्न र भुक्तानी प्रक्रिया पूरा गर्न सबैकाे सहयाेग आवश्यक रहेकाे पटक-पटक दाेहाेर्याए ।नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि करिव रु. ९६ कराेड बजेट पारित गरेकाेमा २० पुससम्म रु. २९ लाख खर्च भएकाे छ । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टकाे अध्यक्षतामा भइरहेकाे दशाैँ नगर सभा अहिले जारी रहेकाे छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)