nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरः नीति उज्यालो, गाउँटोल अध्यारो, बजेट शुन्य

दियालो र टुकीकै भरमा रहनु परेकोमा गुनासो गर्दै नागरिकहरु भन्छन्–‘अब त जनप्रतिनीधि आएकाछन, गाउँमा बिजुली बत्ति पनि आउँछ होला ।’ थाहा नगरपालिकामा आग्रा, टिष्टुङ र चित्लाङमा पहिलेको तुुलनामा बजेट त बढेको छ तर बिजुली बत्ती विस्तारमा एक रुपियाँ पनि विनियोजन भएको छैन ।  थाहानगरलाई ‘उज्यालो नगर’ बनाउने सपना बोकेको पहिलो नगरसभाले बजेट छुट्याउने आँट गर्न सकेन भने विद्युतीकरणका लागि विद्युत प्राधिकरणसंग समन्वय गर्ने भनेर निर्णय समेत गरेको छैन । 

मकवानपुर थाहा नगरपालिकाको पहिलो नगरसभाको नीति तथा कार्यक्रमको क्रम संख्या नम्बर ११० मा ‘थाहानगरलाई उज्यालो नगरको रुपमा विकास गरिनेछ ।’ भनिएको छ । नगरपालिकाको पहिलो नगरसभाले विनियोजन गरेको बजेटमा यो नीतिलाई मेलखाने कहीँ पनि बजेट इङ्कित गरिएको छैन । तर नीति तथा कार्यक्रमकै क्रम संख्या नम्बर १११ मा ‘नीति तथा कार्यक्रमलाई बजेटसंग तालमेल गरी थाहानगरको विकास गरिने नीति लिइनेछ ।’ भनी उल्लेख गर्न छुटाएको छैन । नगरको कुन कुन ठाउँ वा टोलमा बिजुली पुगेको छैन भन्ने तथ्याङ्क नगरपालिकासंग छैन । यद्यपी नीति तथा कार्यक्रमको अन्तिम दोस्रो बुँदामा भने थाहानगरलाई उज्यालो नगर बनाउने कल्पना गरिएको छ ।

थाहा नगरपालिका घोषणा भएको तीनवर्षसम्म नागरिकहरु टुकीकै भरमा छन् भन्दा अचम्मै नहुने भएको छ । वि.सं. २०७१ साल वैशाख २५ गते घोषणा भएको थाहा नगरको सल्लाघारी टोलमा अझै बिजुलीको लाइन पुगेको छैन ।    सल्लाघारी टोल हाल थाहा नगरपालिका वडा नम्बर ५ मा पर्छ । नलिवन र खर्क गाउँको बीचमा पर्ने सल्लाघारीका नागरिकहरुले अहिले पनि दियालो र टुकीकै भरमा रहनु परेकोमा गुनासो  गरेका छन् । उनीहरु भन्छन्–‘अब त जनप्रतिनीधि आएकाछन, गाउँमा बिजुली बत्ति पनि आउँछ होला ।’

साविकको थाहा नगरपालिकामा आग्रा, टिष्टुङ र चित्लाङ गाविस एकीकृत भएकाछन् । एकीकृत भएका गाविसहरुमा पहिलेको तुुलनामा बजेट त बढेको छ तर बिजुली बत्ती विस्तारमा एक रुपियाँ पनि परेको विनियोजन भएको छैन ।  थाहानगरलाई ‘उज्यालो नगर’ बनाउने सपना बोकेको पहिलो नगरसभाले बजेट छुट्याउने आँट गर्न सकेन भने विद्युतीकरणका लागि विद्युत प्राधिकरणसंग समन्वय गर्ने भनेर निर्णय समेत गरेको छैन । 

थाहा नगरपालिकाको टिष्टुङका केही क्षेत्रमा पनि विद्युतीकरण हुन सकेको छैन । साविक टिष्टुङ गाविसको वडा नम्बर ९ को हागर्दी, जगडाँडाको केही क्षेत्र, आधामारा, मकवानपुर धादिङको सीमा क्षेत्रका केही गाउँलगायतका क्षेत्रमा अझै विद्युतीकरण भएको छैन । विद्युतीकरणको अभावमा त्यस क्षेत्रका बासिन्दा अझै पनि टुकीकै भरमा छन् । यसबाट बालबालिकाको शिक्षामा समेत निकै समस्या भएको बताइएको छ । बालबालिकाहरुलाई गृहकार्य गर्न समेत निकै कठिन भएको स्थानीय माहिला तामाङले बताए ।

आग्रामा विद्युतकिरण गर्ने विषयमा चुनावी नारा नै बन्यो । आफूहरुलाई भोट हालेर जिताए गाउँ झिलिमिली बनाइदिने उमेद्वारहरुले बाचा गरेको स्थानीयहरु सुनाउँछन् । ‘अहिले बाचा गर्नेहरुले पनि जितेका छन् बिजुली ल्याउन बजेट छुट्टिएन भन्छन’–एक वृद्ध मान बहादुर लामाले भने । लामाले भने–‘अब हार्नेहरुले त के बिजुली ल्याउलान् खै ।’ आग्राको साविक २, ३ र ४ नम्बर वडाको छापगाउँमा अहिलेसम्म पनि बिजुली पुगेको छैन भने वडा नम्बर ८ को केही टोलहरुमा पनि विद्युतीकरण हुन सकेको छैन ।