Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरः घैटो फुटाई प्रतियोगितामा कस्ले बाजी मार्ला ?

fileee-1566622202.jpg

कृष्णाष्टमीको अवसरमा थाहा नगरपालिकाको शिखरकोटमा ७ भाद्र दिउँसाे घैटो फुटाई प्रतियोगिता हुने भएको छ । 

वर्षेनी हुने यो प्रतियोगितामा मकवानपुरसहित धादिङका समेत सहभागी हुने गरेका छन् । प्रतियोगिता अवलोकनका लागि ६ भाद्रबाटै थाहानगरमा दर्शकहरु आइसकेका छन् । शिखर क्लब तथा बजार व्यवस्थापन समितिको आयेजना हुने प्रतियोगिताको अवसरमा स्ट्रङ सौल डान्स कृउको सह आयोजनामा यहि भाद्र ७ गते घैटो फुटाइ कार्यक्रमको साथमा बृहत साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ । 

प्रतियोगितामा  पहिलो पुरस्कार नगद १२ हजार ५ सय सहित प्रमाणपत्र, दोश्रो पुरस्कार नगद ८ हजार सहित प्रमाणपत्र र तेस्रो पुरस्कार नगद ५ हजार सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

कार्यक्रममा सदा झै सभ्य र भव्य बनाइ सफल पार्नका निम्ती सहभागिताको लागि आयेजक टिमले सम्पूर्णमा निमन्त्रणा गरेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०