nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाटाइम्स सम्पादक नेगी सम्मानित

fonij-samman-1639301864.jpg

मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको लोकप्रिय अनलाइन थाहाटाइम्स डटकमका सम्पादक कुमार नेगी सम्मानित भएका छन् । 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको पाँचौ जिल्ला अधिवेशनमा नेगीलाई सम्मान गरिएको हो । फोनिज मकवानपुरको दुई कार्यकाल अध्यक्ष रहेका नेगीलाई फोनिजको पूर्व अध्यक्षको हैसियतमा सम्मान गरिएको हो । 

हेटौँडा उपमहानगरपालिकाका उपमेयर मिनाकुमारी लामाले कदर–पत्रसहित दोसल्ला ओढाएर नेगीलाई सम्मान गरेकी थिइन् । 

थाहाटाइम्स डटकमका प्रवन्ध निर्देशक एवम् सम्पादक नेगी २०६४ देखि २०७० सालसम्म दुईपटक लगातार फोनिज मकवानपुरको अध्यक्ष रहेका थिए । फोनिज मकवानपुरको संस्थापक सचिब रहेका नेगी हाल सो संगठनको केन्द्रीय अनुशासन आयोगको संयोजक रहेका छन् । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)