nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाको समृद्धिको लागि टिष्टुङ महोत्सव कोशेढुङ्गा बन्नेः मुख्य मन्त्री

थाहानगरको आर्थिक सम्वृद्धिको लागि टिष्टुङ महोत्सवको योगदान महत्वपूर्ण हुने प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले बताएकाछन् । मकवानपुर थाहा नगरपालिका टिष्टुङ (बज्रवाराही) मा २४ असोजमा टिष्टुङ महोत्सव २०७५ को उद्घाटन गर्दै मुख्य मन्त्री पौडेलले टिष्टुङको ऐतिहाँसिकतालाई महोत्सवका माध्यमबाट प्रचार भई पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताए । टिष्टुङ महोत्सवले थाहानगरलाई पर्यटकीय नगर बनाउन ठूलो मद्दत मिल्ने उनको भनाई थियो । मुख्य मन्त्री पौडेलले बज्रवाराहीलाई ऐतिहाँसिक नाम टिष्टुङ कायम गर्न प्रदेश सरकार सकारात्मक भएको बताए । यसका लागि स्थानीय तहको तर्फबाट निर्णय गरी सिफारिस भई आएमा प्रदेश सरकारले कायम गर्ने उल्लेख गरे ।

कार्यक्रममा मकवानपुर क्षेत्र नं. २ का सांसद विरोध खतिवडाले थाहानगरलाई पर्यटनसंग जोड्नका लागि सडक तथा सुरुङमार्ग दुबैको विकास गरिने बताए । उनले संघीय सरकारले चित्लाङ थानकोट सुरुङमार्ग निर्माण गरेर यहाँको पर्यटन विकास गरिने सांसद खतिवडाको भनाइ थियो ।  कार्यक्रममा सांसद रामनारायण विडारीले प्रदेश सरकार र संघीय सरकारले थाहानगरलाई पर्यटकीय शहरको रुपमा विकास गर्ने बताए । संघीयता कायाृन्वयनकै क्रममा रहेकोले तत्काल केही काम नदेखिएको जस्तो भएपनि विकासको जग हालिरहेको बताए । विडारीले भने–संघीयता कार्यान्वयन घर बनीकसकेपछि जग खोज्नू जस्तै हो अहिलेको विकास कार्य । तसर्थ अब विकास हुनेमा नागरिकलाई ढुक्क हुन आग्रह गरे । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, उपमेयर खड्ग गोपाली, नेपाल पर्यटन बोर्ड प्रदेश ४ का निर्देशक मणीराज लामिछाने, मध्ये नेपाल पर्यटन व्यशायी संघका अध्यक्ष अनन्त पौडेललगायतकाको आतिथ्य रहेको छ । मेयर विष्टले प्रदेश राजधानीको चर्च चलिरहेको सन्दर्भमा कुनै पनि  हालतमा हेटौंडाबाट सर्न नहुने अडान राख्दै सार्नै परे थाहानगरले विकल्प दिने घोषणा गरे । काठमाण्डौबाट १३ किलोमीटरको दुरीमा रहेको थाहानगरको चित्लाङ र बज्रवाराही त्यसको विकल्पको रुपमा अघि सारे । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जिल्ला समन्वय समितिले स्थानीयताको प्रवद्र्धन हुने महोत्सवका लागि समन्वय गर्न तयार रहेको बताए । उनले प्रदेश राजधानी कुनै पनि हालतमा सर्न नहुने प्रष्ट्याए । कार्यक्रममा प्रदेश सांसद जुनेली श्रेष्ठले पर्यटन प्रवद्र्धनका लागि गरिएको महोत्सवको प्रशंसा गरिन् ।

कार्यक्रममा उपस्थितहरुलाई थाहा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष शशीधर सुवेदीले स्वागत गरेका थिए । कार्यक्रममा मकवानपुरको उत्तरी क्षेत्र टिष्टुङ पालुङ पर्यटकीय हब भएको मध्ये नेपाल पर्यटन व्यवशायी संघका अध्यक्ष पौडेलले चर्चा गरे । थाहा नगरपालिकाका मेयर लवशेर विष्टले पर्यटकीय संभावना भएर पनि ओझेलमा परेको थाहानगरको विकासका लागि सबैले सहयोग र योगदान दिनूपर्ने बताए ।