Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहाको लियोलाई पाँच विधामा अवार्ड

Award-1516508196.jpg

लियो जिल्ला परिषद ३२५ बि १ को दोश्रो परिषद बैठक तथा अवार्ड सेरेमनि ५ माघमा काठमाडौका सम्पुर्ण लियो क्लबहरुको आतिथ्यतामा बसुन्धारा काठमाडौमा सम्पन्न भएको छ । लायन्स क्लब अन्तराष्ट्रिय, जिल्ला ३२५ बि १ का अध्यक्ष एम.जे. एफ. लायन धनराज आचार्यको प्रमुख आतिथ्यता तथा लियो जिल्ला परिषद ३२५ बि१ का अध्यक्ष लियो राजेन्द्र बरालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला परिषद ३२५ बि १  मा पर्ने एक मात्र मकवानपुरको लियो क्लब, लियो क्लब अफ पिस थाहा विभिन्न ५ विधाको अवार्डबाट पुरस्कृत भएको हो ।

लियो क्लब अफ पिस थाहाले बि द चेन्ज क्लब अफ द मन्थ अक्टोबर, प्रथम रजिस्ट्रेसन, अधिकतम सहभागिता, अधिकतम महिला सहभागीता र कार्यक्रमको उत्कृष्ट व्यानर गरी ५ अवार्डबाट सम्मानित भएको हो । लियो जिल्ला परिषद ३२५ बि १ का अध्यक्ष लियो राजेन्द्र बरालले उक्त अवार्ड लियो क्लब अफ पिस थाहाका अध्यक्ष अनित बिष्टलाई प्रदान गरिएको हो । परिषद बैठकको लागि लियो पिस थाहाबाट २५ सदस्यीय टोलि काठमाडौ गएको थियो । 

‘यी सफलताले अबका दिनमा झन बढी उत्साहका साथ अगाडी बढ्ने प्रेरणा मिलेको छ , साथै सामाजिक अभियानमा थप उर्जा मिलेको छ ’ लियो क्लब अफ पिस थाहाका अध्यक्ष अनित बिष्टले बताए । साथै उनले क्लबलाई यो स्थान सम्म ल्याउनुका निमित्त साथ दिनु हुने सम्पुर्णमा कृतज्ञता व्यक्त गरे । बागलुङमा सम्पन्न जिल्ला पदस्थापन, अवार्ड सेरेमनी तथा  प्रथम परिषद बैठकमा समेत विभिन्न दुई विधामा अवार्ड हात पारेको थियो । 

लियो क्लब अफ पिस थाहा सामाजिक अभियान र समाजसेवामा इच्छा भएका युवाहरुलाई संगठित गर्दै करिब १ बर्ष अघि  मात्रै लायन्स क्लब अफ पिस थाहाको स्पोन्सरमा स्थापना भएको र लियो क्लब अफ पिस थाहाले थाहा नगरपालिकामा विभिन्न सामाजिक गतिविधि मार्फत जनतालाई सेवा पुर्याउदै आएको छ ।