nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाको बृक्षारोपण बालुवामा पानी झैँ, जनताबाटै बिनास हुदै

IMG_20180307_101840-(1)-1520400126.jpg

♣ थाहा नगरपालिका नगरकार्यपालिकाको कार्यालय जाने बाटोमा दायाबाँया गरिएको बृक्षरोपणले थाहानगरको जेशिज मार्ग पनि हेटौडाको जस्तै हुने भयो भनि निक्कैले परिकल्पना गरेका थिए । प्रकुतिक सुन्दरताले भरिपुर्ण थाहा नगरपालिकाको वातावरणलाइ अझै सुन्दर बनाउनको लागिे बृक्षारोपण गरिएको थियो तर १ बर्ष नपुग्दै ति कल्पनाहरु कल्पनामा मात्र सिमित हुन पुगेका छन । २०७३÷०७४ को श्रावणमा बृक्षारोपण गरे संगै नगरपालिकाले बिरुवाको संरक्षणको निमित्त प्रत्येक बिरुवालाइ छेकबार लगाइएको थियो । तर छेकबार लगाइएको केही दिनमा नै २०७४ भाद्र १८ गते  नगरपालिका रोडमा रोपिएको बिरुवाको छेकबार नचिनेको समूहले ओखलेर फ्याकीँ दिएका थिए । जिल्ला समन्वय समिति मकवानपुरको सहयोगमा निर्माण भएको उक्त ६९ वटा फुलको छेकबार मध्ये अधिकांश ढलाएको जानकारी तथा समाचारहरु प्राप्त भएपछि सरोकारवाला र स्थानीयहरु मिलेर ब्यवस्थापनको कार्य पनि गरेका थिए । भाद्र १७ गते राती नै ओखेलेर फालेको हुन सक्ने अनुमान गर्दै सार्वजनिक ठाउँमा त्यसरी रोपेको विरुवाको छेकबार ओखेल्नेहरुको खोजी भइरहेको छ, भन्ने जानकारी जनताले पाएका थिए । तर आज सम्म पनि खोजी कार्य नै भैरहेको हो त ? सबैको प्रश्न यहि बन्दै गइरहेको छ, कारण हो ६९ वटा बिरुवा मध्ये १० वटा पनि गतिला बिरुवाहरु देखिदैन । दिनानुदिन बिरुवाहरु ओखलिएका छन, बस्तुले खाएका छन, छेकबारहरु कुच्चिएको डेक्ची झै हुदै यत्रतत्र छरिएको देख्न सकिन्छ । 


जिल्ला समन्वय समिति मकवानपुरको ३ लाख रुपैया (कर सहित) को सहयोगमा गरिएको बृक्षारोपणमा स्थानिय स्तरमा पाइने भन्दा फरक खालको धुपी र चाइनिज गुलाबको बिरुवा  रोपिकएको थियो । प्रति बिरुवाको ३ सय ५० देखि ४ सय सम्म परेको थियो, धेरै पटक पानी हाल्ने, गोडमेल र अनुगमण गर्दा पनि जनताले नचाहेको हो कि? के करण हो ? मानिसहरुले संरक्षण गर्न नै चाहेनन, स्थानिय समाजसेवी महिला शकुन्तला गोपालीले बताइन । उनका अनुसार पटकपटक नगरमा ध्यानाकर्षण गराउदा पनि नगरले यस बिषयलाइ गम्भिर रुपमा लिएको छैन ।
नगरको योजना अनुसार हराभरा बनाउने लक्ष्यले गरिएको बृक्षारोपणलाइ उपभोक्ता समिति र आफु स्वयमंले स्याहार गर्दा पनि जनताले नै आफ्नो ठाउलाइ हराभरा बनाउन नखोजेको जस्तो ब्यवहार देखाए पछि निक्कै नै दुखित भएको उपभोक्ता समितिका अध्यक्ष दारा सिं गोपालीले बताए । उनले भने, कुच्याएका छेकबारलाइ ल्याइ बनाएँ, राती तथा अन्य समयमा निगरानी गर्दै रहेँ, पानी हाल्ने गोडमेल गर्ने गरे, केही ब्यक्तिहरु माथि शंका गर्दै निगरनी राखेँ तर आफु निगरानीमा रहेको बेलामा त्यस्तो गलत काम गर्नेहरु भेटिएन, हुँदा हुदा अहिले त फुल्न लागेका बिरुवाहरु नै ओखलेर लगिएको पाइयो ।
के यो समितिको लागि मात्र गरिएको बृक्षारोपन थियो र ? उनले जनमानसमा यहि प्रश्न गर्न चाहेको बताइन, यदि थाहा कै लागि राम्रो बिषय थियो त किन संरक्षण गर्ने जिम्मेवारी सबैको हो भनेर बुझेनन त ? उनले भने । उनले अहिले पनि आफुले समय अनुसार निगरानी गर्ने गरेको बताए ।
हरेक दिन आवतजावत हुने नगरपालिकाको बाटोमा भैरहेको उक्त दृश्य प्रति नगरका जनप्रतिनिधिहरुको भने ध्यान गएको देखिदैन तर हिजोआज पालुङ क्याम्पस जाँदा आउँदा बिद्यार्थीहरुको बहसको बिषय नै यहि बनेको छ । के ध्यान नगए कै हो त ? जवाफमा नगरप्रमुख लबशेर बिष्ट भन्छन, “ध्यान नै नगएको भने होइन, कार्यकारी अधिकृत संग पनि कुरा गरिएको हो, सुरक्षाको लागि छुट्टै मान्छे राख्ने सम्भब भने छैन, बिरुवाहरु ओखलेर नै लाने सम्म हुनुमा नागरिक सचेतनाको कमी नै मुख्य समस्याको रुपमा रहेको देखियो ।”
अवको दिनमा संरक्षणको लागि प्रक्रिया के हुन सक्छ ? मुख्य कुरा नागरिकमा हाम्रो भन्ने भावना हुनुपर्छ, नागरिकमा सचेतना हुनु जरुरी छ, जनमानसले नै सबैको सम्पती हो भन्ने धारणाले संरक्षणमा नलाग्ने हो भने उपभोक्ता समिति वा नगरपालिका जस्ले जे प्रयास गरे पनि संरक्षण भने नहुने पक्का छ, बिष्टले भने नागरिक सचेत भएको भए यो समस्या नै नहुने थियो । निगरानी बढाएर एकादुईलाई कारबाहीमा नल्याए सम्म समस्या नै देखिन्छ, अव हामी त्यो प्रक्रियामा छौ । खाली रहेका ठाउमा पुनः बृक्षारोपण, भत्किएका छेकबार निर्माण तथा अन्य ब्यवस्थापनका लागि अहिले भने नगरमा बजेट नभएकाले असारमा भने बजेट छुत्याएर मर्मत संभारको कार्य गर्ने नगर प्रमुख बिष्टले बताए ।   

मंगलबार भएको कुराकानी पश्चात भने उक्त बिरुवाको छेकबारहरु सरोकारवालाहरुले पुनः पनि उभाएका छन । 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg