Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहाको बिकास घरमा सञ्चालित नागरिकता शिविरको फोटोफिचर सहित

31945622_2051061685114327-1525518020.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा शुक्रबार देखि नागरिकता शिबिर सञ्चालन भै रहको छ । करिब ७ सयको हाराहारीमा सेवाग्राहीहरुले सेवा लिने अनुमानको साथमा सञ्चालन गरिएको शिविर अनुमान गरिएभन्दा दोब्बर सेवाग्राही भए पनि १ दिन थप गरि २३ गते पनि सञ्चालन गर्ने जनाइएको छ । नागरिकताको लागि थाहा नगरपालिका र कैलाश गाउँपालिकालाई समेटिएको छ । जस अनुसार पनि सोचे र अनुमान गरे भन्दा दोब्बर सेवाग्राहीहको उपस्थिति रहेको थाहा नगरपालिकाका नगर प्रमुख लबसेर बिष्टले बताए । महिला न पुरुषको लागि छुट्टा छुट्टै लाइनको ब्यवस्था गरे पनि शिबिरमा भएको भिँडको कारण नागरिकहरु दिनभर लाइनमा बस्दै सास्ती भोगीरहेका छन । अशक्त, सुत्केरी महिला, बृद्धबृद्धाहरुलाई प्राथमिकतामा राखेर सेवा प्रदान गरिएको भए पनि भिँडको कारण सेवा प्रवाहमा समस्या भएको कर्मचारीहरुको गुनासो रहेको छ । हेर्नुहोस दोस्रो दिनको शिबिरको फोटोफिचरः– 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।