nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाका विष्टले खिचेका ज्येष्ठ नागरिककाे फाेटाे पाटनमा प्रदर्शनीमा राखिने

IMG_20230928_190234-1695907092.jpg

थाहानगरका फाेटाे पत्रकार गणेश विष्टले खिचेका थाहानगरका ज्येष्ठ नागरिकका उत्कृष्ट फाेटाेहरु प्रदर्शनीमा राखिने भएकाे छ । राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल र एजिङ नेपालको आयोजनामा १३ असोजमा ललितपुरको पाटन दरबार क्षेत्रमा हुने ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनीमा विष्टले खिचेका फाेटाेहरु पनि राखिने भएकाे हाे । विष्ट फाेटाे प्रदर्शनी कार्यक्रमका संयाेजकसमेत हुन् ।

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा हिमाल पहाड र तराईका जेष्ठ नागरिकको तस्वीरहरु प्रदर्शनी गरिने कार्यक्रम संयोजक बिष्टले बताए ।

कार्यक्रममा सक्रिय जेष्ठ नागरिकको ६० वटा १२/१८ को तस्वीरहरू प्रदर्शनीमा राखिने छ । जेष्ठ नागरिकको दैनिकी, जेष्ठ नागरिकको मिहिनेत, सफलता, पारिवारिक खुशी, संघर्ष तथा सफलता झल्कने तस्वीर प्रदर्शनी गरिने छ ।

प्रदर्शनीमा राखिने तस्वीरहरुले नयाँ पुस्तामा उत्साह तथा उमंग जगाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । साथै, जेष्ठ नागरिकहरुमा नैरास्यता तथा दुःखीपन हटउन मद्दत गर्ने संयोजक विष्टले बताए ।

एजिङ नेपाल जेष्ठ नागरिकको हक अधिकार तथा न्यायको निम्ति काम गर्ने संस्था हो भने राष्ट्रिय फोटो पत्रकार समूहमा देशभरका फोटो पत्रकारहरुको साझा संस्था हो ।
राष्ट्रिय फोटो पत्रकार समूहले यस अघि विभिन्न स्थानहरुमा बालबालिकाको फोटो तथा पर्यटन प्रवर्धनका फोटोहरु प्रदर्शनी गर्दै आएको छ ।

संयुक्त राष्ट्रसंघको अगुवाइमा हरेक बर्ष १ अक्टोबर विश्वभर अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)