Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहाका वडा अध्यक्षले रुम्बाले भने–पसलहरुमा मुल्यसूचि अनिवार्य !

8-1586225661.jpg

मकवानपुर थाहा नगरपालिका ८ मा रहेका खाद्यन्न  सामाग्रीका पसलहरुमा अनिवार्य मुल्यसुची राख्न वडा अध्यक्ष टिकाराम रम्बाले पसलहरुलाई निर्देशन दिएका छन् । कोरोना भाइरसको कारण भएको लकडाउनको बेला उपभोक्ता नठगिउन् भनेर यस्तो निर्देशन जारी गरीएको हो । वडास्तरीय विपद व्यवस्थापपन समितिको निर्णय अनुसार निर्देशन जारी गरिएको वडा अध्यक्ष रुम्बाले बताए । 

समितिको वडास्तरीय कोरोना नियन्त्रण तथा रोकथाम सम्बन्धि आकस्मिक बैठक बसी सबै खाद्यन्न पसलहरुले तत्काल अनिवार्य मुल्य सूचि राखी मास्क तथा सामाजिक दुरी कायम गरेर मात्र विक्रीवितरण गर्न निर्देशन गरेको वडा अध्यक्षरुम्बाले बताए । 

लकडाउनको समय संक्रमणको बेला कालोबजारी हुन नदिन मुल्य सूचि अनिवार्य गराएको पनि अध्यक्ष रुम्बाले बताए । समितिले कोरोना(कोभिड–१९) को संक्रमण फैलन नदिन लक डाउनलाई प्रभावकारी कार्यान्वयन गर्ने र लक डाउनका समयमा वडाबाट बाहिर जानु परे वा अन्यत्रबाट वडा भित्र आउनुु परे समितिसँग समन्वय गरेर मात्र जान आउन पनि निर्देशन गरेको छ ।  
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०