Tuesday, 8th September, 2026
वि.स.

थाहाका महिलाहरुलाई सेनेटरी प्याड बनाउने तालिम

ttta-1577239100.jpg

थाहा नगरपालिकाको ओखरबजारमा महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड बनाउन अगुवा महिलाहरुलाई तालिम दिइएको छ । रोटरी क्लब अफ काठमाण्डु, रोटरी क्लब अफ लिभरपुल वेष्ट अष्ट्रेलिया र संयोजन नेपालको सहकार्यमा सहयोगी बचत तथा ऋण सहकारी संस्थाले एक दिने तालिम दिएको हो । 

तालिममा २८ जना अगुवा महिलाहरुको सहभागिता रहेको थियो । एक समारोहबीच समापन गरिएको उक्त तालिममा प्रमुख अतिथि थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । 

सहकारीका अध्यक्ष अञ्जल प्रधानको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा संयोजन नेपालका अध्यक्ष कामना झा, सल्लाहकार सुशिलकुमार कार्की, उपाध्यक्ष सोनिका थपलिया लगायतको उपस्थिति रहेको थियो । 

सहभागीहरुलाई सुशिलकुमार कार्की, कामना झा, सोनिका थपलिया, सपना तिवारी, प्रतिमा थापा कार्की लगायतले प्याड बनाउने तालिम प्रदान गरेका थिए । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०