nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाका निर्वाचित जनप्रतिनीधिलाई सपथ ग्रहण

मकवानपुरको थाहा नगरपालिकामा निर्वाचित जनप्रतिनीधिहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । थाहा नगरपालिकाको जेसीज सभाहलमा भएको सपथ ग्रहण कार्यक्रम निर्वाचन अधिकृत जीवन प्रसाद आचार्यको अध्यक्षतामा भएको थियो । काषर््क्रममा निर्वाचन अधिकृत आचार्यले नगर प्रमुख तथा उप प्रमुख र वडा अध्यक्षहरुलाई सपथ गराएका थिए । कार्यक्रमको अवसरमा निर्वाचित पद धारण गरेको प्रमाणपत्र पनि वितरण गरिएको छ । 

निर्वाचन अधिकृतबाट सपथ लिएका नगर प्रमुख लवशेर विष्टले वडा सदस्यहरुलाई पनि ८ जेठमै सपथ गराएका छन् ।

यसैबीच ८ जेठमा सपथ लिएका थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्ट र उप प्रमुख खड्ग बहादुर गोपालीले पदभार ग्रहण गरेका छन् । सपथ कार्यक्रममा सहभागीहरुलाई निर्वाचन अधिकृतको कार्यालय थाहा नगरपालिकाका सहायक निर्वाचन अधिकृत त्रिलोचन निरौलाले स्वागत गरेका थिए । 

सपथ ग्रहण कार्यक्रममा पूर्व स्थानीय विकास अधिकारी भूवन प्रकाश विष्ट, नेपाली काँग्रेस थाहानगर अध्यक्ष योगेन्द्रमान श्रेष्ठ, नेकपा एमाले थाहानगर अध्यक्ष अच्युतम प्रसाद ढकाल, नेकपा माओवादी केन्द्रका थाहानगर अध्यक्ष अरुण रायमाझी, मालपोत कार्यालय शिखरकोटका प्रमुख सूयृ प्रसाद कोइराला, जनकल्यण उच्चमाविका प्राचार्य सानोभाई कार्की, बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका कोषाध्यक्ष विमलकुमार ढकाल, लायन्स क्लब अफ पिस थाहा नगरका अध्यक्ष सुरेन्द्रमान प्रधान लगायतकाको आतिथ्य रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।