nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 14th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाका किसानलाई व्यवशाय सीप विकास तालीम

55533204_264307041183271_-1553482178.jpg

थाहा नगरपालिकाका २५ जना कृषकले व्यवशाय सीप विकास तालीम पाएका छन् । शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड शिखरकोटको समन्वयमा च्वाइस नेपालले यो तालिम दिएको हो । 

तालिममा शिखर बचत तथा ऋण सहकारी संस्था लि. र पालुङ बहुउद्देश्यीय सहकारी संस्थाबाट कृषि कर्जा कार्य गर्दै आएका किसानहरुको सहभागिता रहेको थियो । किसानहरुलाई व्यवशायिक कार्ययोजना, व्यवशायिक सफलता, बजारिकण, मूल्य निर्धारणलगायतको विषयमा पहिलो चरणको तालिम दिइएको हो । 

शिखर बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा संचालन भएको तालिमका सहभागीहरुलाई च्वाइस नेपालका कुल तिवारी र प्रताप घिमिरेले सहजीकरण गरेका थिए । दुई दिेने तालिम अन्तर्गतको यस किसिमको अर्को तालिम १७ चैत्रमा हुने च्वाइस नेपालले जनाएको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg