nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 14th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाका किसानलाई आलु खन्न भ्याइनभ्याइ

33862782_2061339127419916-1527586115.jpg

जेठ महिना सुरुभए संगै थाहा नगरका किसानहरु आलु खन्नमा ब्यस्त भएका छन । आलु खेती थाहा नगरपालिकाको मुख्य तरकारी खेतीको रुपमा रहेको छ । थाहा नगरपालिकाको अधिकांश स्थानहरुमा गरिने आलु खेती नै थाहा नगरपालिकाका किसानहरुको आम्दानीको मुख्य खेतीको रुपमा रहेको छ । थाहा नगरपालिकालाई आलुको पकेट क्षेत्रको रुपमा समेत चिनिन्छ । बर्ष भरिको जिविका चलाउनको लागि यो सिजनमा आलुको बिक्रीबाट गरिएको आम्दानीको नै प्रमुख भुमिका हुने गर्दछ । गर्मिको कारण जिवनस्तरमा समस्या भोगीरहेको बेला आलु खन्ने सिजन सुरु भएपछि थाहाका किसानहरु आफ्ना काम र ब्यस्ततालाई आलु खन्नमा ब्येतित गरिरहेका छन । हाल थाहा नगरपालिकाका खेत तथा बारिहरुमा हेर्ने हो भने जताततै किसानहरु आलु खन्ने काममा ब्यस्त देखिन्छन् ।

आलु खन्ने सिजन सुरु भएसंगै थाहा नगरपालिकाका किसानहरुले अघिल्लो बर्षको सिजनामा भन्दा तुलनात्मक रुपमा केही बढी मुल्य प्राप्त गरेको बताएका छन । हाल किसानहरुका आधारमा सेतो आलुको १७ रुपैया प्रतिकेजी र रातो आलुको प्रतिकेजी २५ रुपैँया सम्म प्राप्त गरिरहेका छन । मौसम अनुकुलताको कारण पनि गतबर्ष भन्दा यसबर्ष तुलनात्मक रुपमा बढी आलु उत्पादन भएको थाहा नगरपालिका २ का किसान चन्द्र देउलाले बताए । गतबर्षको तुलनामा आलु उत्पादनमा भएको बृद्धि र उचित मुल्यले आफुलाई खुशी बनाएको उनले सुनाए ।

यता थाहा नगरपालिका ३ गोपाली गाउँका किसान पुर्ण गोपाली भने आलु उत्पादन भए पनि अहिले सम्म आलुको मुल्य कति हो भन्ने जानकारी नभएको बताउछन् । आलु खन्दै गर्दा भेटिएका गोपाली भन्छन–“आलु खनेको मात्र हो, मुल्यको बास्तविक जानकारी छैन ।” यस्तै अर्की एक किसान सानुनानी बिष्ट पनि भन्छिन– “गतबर्ष भन्दा आलुको मुल्य राम्रो छ, खुशी छु ।”

करिब ६ महिनाको समयमा उत्पादन हुने आलु पुस तथा माघमा रोप्ने गरिन्छ भने आलु खन्ने मुख्य समय भने जेठ महिनाबाट सुरु हुने गर्दछ । थाहामा उत्पादन हुने तरकारीहरुको अधिकाशं हिस्सा आलुले ओगट्ने गर्दछ । 


आलु नै थाहा नगरको मुख्य तरकारी भए पनि थाहामा उत्पादन भएको आलुको बजार ब्यवस्थापनको लागि थाहा नगरपालिकाले उचित ब्यवस्थापन गर्न भने सकेको छैन । आलु भण्डारको लागि कोल्ड स्टोर निर्माण हुने भनिए पनि हलसम्म डि।पि।आर मात्र भएको छ, अझै २÷३ बर्षमा मात्र निर्माण सकिने नगर प्रमुख लबशेर बिष्टले बताए । थाहा नगरले आलुको बजार ब्यवस्थापनमा सघाउ पुर्याइ उचित मुल्यमा किसानलाई आलु बिक्रीको ब्यवस्थाको लागि कुनै योजना नरहेको र अत्याधिक मात्रामा आलु उत्पादन र बिक्री हुने भएकोले आलुमा बिचौलीयाको अन्त्य गर्न पनि नसकिने नगर प्रमुख बिष्टको भनाइ रहेको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg