Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थानकोट-चित्लाङ सुरुङमार्गको सर्वे शुरु भैसक्यो-प्रधानमन्त्री ओली

pm-oli-1571657994.jpg

नेपाल सुरुङमार्गबाट प्रवेश गर्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि अब धमाधम सुरुङमार्ग निर्माणका चरणमा प्रवेश हुन थालेको छ । नेपालकै पहिलो सुरुङमार्गको निर्माणको औपचारिक शिलन्यास सोमबारबाट शुरु भएको हो ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले चित्लाङबासीलाई खुसीको खवर सुनाए । उनले काठमाडौंको थानकोटबाट मकवानपुरको चित्लाङ पाँच मिनेटमा पुग्ने गरी बाटो बनाउन लागिएको जानकारी गराए । उनले थानकोटबाट चित्लाङसम्म सुरूङ निर्माणको सर्वे भइरहेको बताए । 

‘अलिकति समय लाग्छ। पाँच मिनेटमा थानकोटबाट चित्लाङ पुगिनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘सर्वे भइराखेको छ ।’ अहिले थानकोटबाट चित्लाङ पुग्न पन्ध्र किलोमिटरको उकालो आरोलो बाटोका लागि एक घण्टा समय लाग्ने गरेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०