nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थानकोट-चित्लाङ सडक मंसिर महिनाभित्र बनाउने सहमती

SADAK-1564472555.jpg

गणेशमान सिंह मार्ग९थानकोट चित्लाङ सडक आउँदो मंसिर महिनाभित्र आयोजना निर्माण सक्ने सहमति भएको छ । आयोजना प्रमुख ध्रुव नारायण पाण्डेय र निर्माण कम्पनीका प्रतिनीधि सनक सिंह राई समेतको उपस्थितिमा मंसिरसम्म सडक निर्माणको काम सम्पन्न गर्नेगरि सहमति गराइएको छ ।

सहमतिमा गणेशमान सिंह मार्ग-थानकोट चित्लाङ सडक योजना ठेक्का नम्बर ३३७११०४ ०७२/७३ ९००२ को कार्य साउन १५ गतेबाट सुचारु गराउने निर्णय गरिएको छ । त्यसैगरी गणेशमान सिंह मार्गलाई दसैं र तिहार जस्ता चाडपर्वका लागि भने अस्थायी रुपमा सञ्चालनमा ल्याउने सहमति भएको चित्लाङका अगुवा बुद्धरत्न मानन्धरले जानकारी दिए । ‘अब काममा आलटाल सैहृय हुनेछैन । आयोजना कार्यालय र निर्माण कम्पनीले मंसिर मसान्तसम्म काम सम्पन्न गराउने सहमति गरेका छन् ,’ उनले भने ।

स्थानीयले थाहा नगरपालिका वडा नं ९ र १० का कर्मचारी समेत राखेर सडक निर्माण कार्यको दैनिक अनुगमन गर्ने र लापरबाही गरेको पाइएको खण्डमा झन् कडा कदम चाल्ने चेतावनी समेत दिएका छन् । वडा नं ९ का अध्यक्ष परशुराम श्रेष्ठले निर्माण कम्पनीले चार महिना समय दिएको खण्डमा काम सम्पन्न गर्ने आश्वासन दिएपछि एक पटकलाई मौका दिइएको बताए ।

त्यस्तै ठेक्काको सम्पूर्ण कार्य ०७६ मंसिर मसान्तभित्र सम्पन्न गर्ने, बैकल्पिक मार्ग मातातीर्थ-चखेल-चित्लाङ सडकखण्डको मर्मतका लागि थानकोट चित्लाङ सडक योजना मार्फत सडक विभागसँग आवश्यक बजेटमाग गर्ने सहमति भएको छ । बैकल्पिक मार्गको अवस्था आवत्जावत् उपयुक्त नभएको गएको जेठमा स्थानीय बासिन्दाले निर्माणाधीन मार्गको काम रोकेर आवागमन सुचारु गराएका थिए ।

ठेकेदार कम्पनीको लापरबाहीका कारण निर्माणाधीन चित्लाङ९थानकोट सडक अलपत्र अवस्थामा छ । गणेशमान सिंह राजमार्गका रुपमा परिचित सडक निर्माणको जिम्मा पाएको किराँतेश्वर कन्स्ट्रक्सनले काममा लापरबाही गरेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । स्थानीयले छिटो सडक निर्माण कार्य सम्पन्न गर्न निरन्तर दबाव दिइरहेका छन् । सुरुङ निर्माणको समेत योजना रहेको २२ किलोमिटर लामो थानकोट९चित्लाङ सडक उच्च प्रविधियुक्त र छिटो बनाउनुपर्ने भए पनि त्यसो हुन सकेको छैन ।

ठेकदार कम्पनी पिएसरकिराँतेश्वर जेभिको लापरबाहीका कारण चित्लाङका मात्रै नभएर आसपासका गाउँका बासिन्दाले समेत सास्ती भोग्दै आएका छन् । पर्यटकीय गाउँ मकवानपुरको थाहा नगरपालिका स्थित चित्लाङलाई थानकोटसँग जोड्ने गणेशमान मार्गमा ठेकदारले काम नगरी बाटो मात्रै बन्द गरेर सास्ती दिएको भन्दै गत जेठमा स्थानीयले जर्बजस्ती बाटो खुलाएका थिए । पछिल्लो पटक थाहा नगरपालिका वडानम्बर ९ र १० का वडा अध्यक्षसहित स्थानीय बासिन्दाले कलंकीस्थित सडक आयोजना कार्यालय पुगेका छन् ।

उनीहरुले सडक छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्न सरोकारवालालाई दवाव दिनुको साथै लिखित सहमति समेत गराएका छन् । चित्लाङ-थानकोट सडकलाई थाहानगरको मुख्य विकासको मार्गको रुपमा लिने गरिएको छ । सडक निर्माण सम्पन्न भएको खण्डमा चित्लाङ, बिसिंखेल, टिस्टुङ बज्रबाराही मात्रै नभएर पालुङमा उत्पादित तरकारी राजधानी पुर्‍याउन र त्यस क्षेत्रका बासिन्दालाई आवतजावत् गर्न सहज हुन्छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, आयोजना कार्यालय लगायतले तदारुकता नदेखाउँदा निर्माण कार्यले तीव्रता पाउन नसकेको स्थानीयले बताउँदै आएका छन् ।

समयमा काम नगर्ने ठेकदार कम्पनीले त्यस क्षेत्रबाट ढुंगा निकालेर बेच्दै आएको आरोपसमेत लाग्दै आएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)