Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थप ४८ जनामा कोरोना सङ्क्रमण : सङ्क्रमितको संख्या १६ सय १५ पुग्यो

corona-1590989977.jpg

नेपालमा ४८ जना कोरोनाका बिरामी थपिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका २४ र जुम्लाका १९ जना गरी ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रतिष्ठानका अनुसार दैलेखमा दुई महिलासहित २४ जनामा तथा जुम्लामा १९ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

यसको आधिकारिक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा नै दिनेछ । तर प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पाल्लाको भैरव नवदिप स्कुल छहराको क्वारेन्टीनमा रहेका १९, ३८ र ४० वर्षका पुरुष तथा रुपन्देहीको कोटहिमाईका ४२ वर्षका पुरुष र ७० वर्षकी महिलाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा १६ सय १५ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा हिजोमात्रै १ सय ६६ जनामा कोरोना पुष्टि भएको थियो । अहिले १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टीनमा र १ हजार ३ सय ४४ जनालाई आइसोलेशनमा राखिएको मन्त्रालयले जनाएको छ ।

२ सय २० जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । ८ जनाको भने ज्यान गएको छ । अहिलेसम्म ६९ हजार ५ सय ८७ जनाको पीसीआर र १ लाख ११ हजार १ सय ९ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०