nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

त्रिशुलीमा बस खस्यो एकको मृत्यू, आठ घाइते [अपडेट]

मुग्लिन–नारायणघाट सडकखण्ड अन्तरगत दाहाखानी-६ गाविसको नौ किलो नजिकैबाट यात्रुवाहक बस त्रिशुलीका खसेको छ । काठमाडौंबाट भैरहवातर्फ गइरहेको लु१ख ७३९१ नम्बरको बस २ कात्तिक बेलुकी पौने नौबजेतिर त्रिशुलीमा खसेको चितवनका एसपी वसन्त कुँवरले जानकारी दिए ।

कुँवरका अनुसार आठजना घाइतेको प्रहरीले उद्धार गरेको छ भने एकको मृत्यु भएको छ । 

मृतकको पहिचान भएको छैन । दुर्घटनास्थल मुग्लिनबाट ४ किमि नारायणघाट तर्फ पर्छ ।  पानीमा बसको केही भाग मात्र देखिएको छ भने अहिले घटनास्थलमा उद्धार कार्य जारी छ ।