Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

त्रिभुवन राजपथ मर्मत गराउन सांसद सहित थाहानगरका मेयरको पहल
एक महिनाभित्र मर्मत हुने डिभिजन प्रमुखको प्रतिवद्धता

Rajapath-1517394533.jpg

मुलुककै जेठो राजमार्ग त्रिभुवन राजपथ मर्मतका लागि डिभिजन सडक कार्यालय हेटौंडाको ध्यानाकर्षण गरइएको छ । मकवानपुरको हेटौंडा–थाहानगर हुँदै काठमाण्डौँसम्म जाने सडक मर्मतको लागि पहल गर्न १७ माघमा मकवानपुरका प्रतिनिधिसभा क्षेत्र नंबर २ का सांसद बिरोध खतिवडा तथा थाहा नगरपालिकाका मेयर लवशेर विष्टले डिभिजन सडक कार्यालय हेटौँडाको ध्यानाकर्षण गराएका हुन् ।

डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख कमलेश कुमार कर्णलाई भेट गरि मेयर विष्टले ध्यानाकर्षण पत्र समेत बुझाए । डिभिजन प्रमुखसँगको भेटमा सांसद खतिवडाले जुनसुकै बाटो बिग्रदा समेत काठमाण्डौँ पुग्ने प्रमुख मार्गको रुपमा रहेको त्रिभुवन राजपथलाई सडकले ध्यान दिनु पर्ने बताए ।

अहिले मुग्लीनको सडक मर्मत भैरहेको अवस्थामा सबै यात्रुवाहक सवारीहरु सञ्चालन हुने त्रिभुवन राजपथ मर्मतको लागि तत्काल काम गर्न उनले डिभिजन प्रमुखलाई निर्देशन समेत दिए । सांसद तथा मेयरको धारणा निकै महत्वपूर्ण भएको भन्दै डिभिजन सडक प्रमुख कर्णले आफुहरुले एक महिना भित्र मर्मत गरिसक्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले मर्मतको लागि तत्काल दुई करोड रुपैँया विनियोजन गरेको जानकारी दिए । त्रिभुवन राजपथ सधैभरी दुख परेको बेलामा सहयोग गर्ने सडक रहेको भन्दै उनले यो सडक मर्मत एक महिनाभित्र सकिने दाबी गरे ।

ध्यानाकर्षको लागि एमालेका मकवानपुर नेता तथा सचिवालय सदस्य विष्णु प्रसाद ढकालको पनि सहभागिता रहेको थियो ।