Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

तीस रोपनी क्षेत्रफलमा लगाइएको अवैद्य भाङ फँडियो

इलाका प्रहरी कार्यालय पालुङले अहिलेसम्म तीस रोपनी क्षेत्रफलमा लगाइएको भाङका बोटहरु फाँडेको जनाएको छ । अवैध गाँजा प्रजाती अन्तर्गत पर्ने भाङ फाँड्ने अभियान प्रहरीले केहीदिनदेखि शुरु गरेको हो ।

इलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र कुमार पासवानको नेतृत्वमा खटिएको प्रहरी टोलीले पालुङ, ओखरबजार र टिष्टुङ क्षेत्रका विभिन्न गाउँमा लगाइएको भाङका बोटहरु फाँडिएको प्रमुख पासवानले जानकारी दिए । 

यस क्षेत्रमा लगाइएको गाँजा प्रजातीका भाङहरु नष्ट गर्ने अभियान जारी राखिने पालुङ प्रहरीले जनाएको छ ।