Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

तीन वर्षे वज्रबाराही माईको जात्रा आजबाट सुरुः

मकवानपुरको थाहा नगरपालिकामा हरेक ३–३ वर्षमा लाग्ने बज्रबाराही माईको जात्रा ३० वैशाखबाट सुरु भएको छ । ३ दिनसम्म लाग्ने उक्त जात्रा अन्तर्गत ३० वैशाख साँझ मन्दिरमा रथ सहित खड्ग जात्रा बाराही मन्दिरमा लगेर जात्रा सुरुवात गर्ने चलन छ । 

शनिवार ३० वैशाखको मध्येरात पञ्चबली सहित २ महिना अघिदेखि खुल्ला रुपमा छोडीएको २ राँगोको बली पुजा सहित विशेष पुजा हुने पुजारीको भनाई छ । आइतबार ३१ बैशाखमा बज्रवाराही तथा आसपासका क्षेत्रका श्रद्धालु भक्तजनहरुबाट बोका, राँगा, हाँस, कुखुराको बली पुजा गरिन्छ । जात्राको तेस्रो दिन रथ फिर्ता सहित जात्रा सम्पन्न हुनेछ । 

३१ गते हुने स्थानिय निर्वाचनको कारण जात्रालुहरुको घुँइचो अन्य वर्षको तुलनामा न्यून रहेको छ ।