Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

तीन बालकको मृत्युपछि मनहरी एफएमद्वारा तीज गीत कार्यक्रम स्थगन

21124877_1021321420340603-1503562725.jpg

मनहरी एफएम १०४.३ मेगाहर्जले मनहरी बजारमा भदौ ८ गते दिउँसो आयोजना गरेको तीज गीत प्रतियोगिता स्थगन गरेको छ । बिज्ञप्ती प्रकाशन गरी एफएमले मनहरी गाउँपालिका ७ का तीनजना बालकहरु खोलाले बगाएर मृत्युभएपछि समग्र गाउँ नै शोकमा परेको भन्दै कार्यक्रम स्थगन भएको जनाएको हो ।

स्टेशन म्यानेजर शिवकुमार काशीले प्रकाशन गरेको विज्ञप्तीमा शोकको घडमा परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ । कार्यक्रम स्थगन हुँदा पर्न गएको असुविधाप्रति सहयोगी, शुभेच्छुक, प्रायोजक, सहप्रायोजक, कलाकार, वाद्यवादक सबैसँग एफएमले क्षमा मागेको छ । तीज गीत प्रतियोगिताका कलाकारहरु बिरही कार्की, जुना डिसी, सुन्दर लामा, बुद्धिमान घिसिङ, रविनकुमार चेपाङ लगायत कलाकारहरु कार्यक्रम स्थलमा पुगिसकेका थिए । त्यसैगरी स्टेज, साउण्ड सिस्टम लगायत सबै व्यवस्थान भइसकेको थियो ।

साथै आउँदै गरेका पर्वहरुको अबसर पारेर पुन सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिने प्रतिबद्धता जनाइएको छ । मनहरी खोलाले बगाएर मनहरी बजारका ११ बर्षका अमन थिङ, १० बर्षका अलेश रुम्बा, १२ बर्षका प्रकाश रुम्बाको मृत्यु भएको थियो भने १५ बर्षका बुद्ध मुक्तान घाइते भई भरतपुरमा उपचार गरिएको छ । उनीहरु ९ जनाको समूह मनहरी खोलामा पौडी खेल्न गएका थिए ।