Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

तीजलाई भड्किलो बनाउन नहुने:- लामा

तीजलाई भड्किलो बनाउन नहुने मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्तलाल लामाले बताए । रितालिका तीजको अवसरमा मितेरी बचत तथा ऋण सहकारी संस्थाको आयोजमा संचालित तीज विशेष दर खाने कार्यक्रममा बोल्दै लामाले यस्तो बताएका हुन । आफ्ना संस्थाका सेयर सदस्य तथा महिला दिदीबहिनीहरुले सधै दैनिकी कार्यमा ब्यस्त हुने भए पनि तीजको अवसरमा भेटघाट हुने, रमाइलो, दुख भुलाउने, शारीरिक र मानसिक दुबै तवरले आरम पाउने हुनाले आवस्यक ठानेर दर खाने कार्यक्रम आयोजना गरिएको उनले बताए । 


इन्द्रसरोवर गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामाको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा इन्द्रसरोवर गाउँपालिका वडा नं ५ का वडाध्यक्ष धनराज महर्जनको आतिथ्यता र संस्थाका अध्यक्ष शान्तलाल लामाको सभाध्यक्षता रहेको थियो ।


कार्यक्रममा संस्थाका सेयर सदस्यहरु, बचत समुहका सदस्य,  व्यवस्थापन समुह, जनप्रतिनिधि र संस्थाका संचालक समितिहरुका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।