Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

तीजमय बन्यो थाहानगर

हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीज थाहानगरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । थाहा नगरको बिभिन्न शिव मन्दिरहरुमा तिज बिशेष सास्कृतिक कार्यक्रमको साथ ८ भदौमा हरितालिका तिज मनाइएको हो । थाहा नगरपालिका–३ को गोरखनाथ मन्दिर र थाहा–२ को पान्डुकेश्वर मन्दिरमा तीज बिशेष सास्कृतिक कार्यक्रमको आयोजना गरी हरितालिका तीज मनाइएका हो । 

तीजको दिन नारीहरुले आफनो श्रीमान्को दिर्घायु तथा सुस्वास्थ्य कामना गर्दै मनिदरहरुमा दर्शन गर्न जानेहरुको विहानेबाट घुइचो थियो । गोरखनाथ संरक्षण युवा समितिका आयोजना, बागेश्वरी युवा क्लव र थाहा कला केन्द्रको सहयोगमा सास्कृतिक कार्यक्रमको आयोजना भएका थियो । 
कार्यक्रममा स्थानीय लोकगायक रुपचन्द्र सापकोटा, मुक्तिनाथ उप्रेती र थाहा कला केन्द्रका कलाकारहरुको प्रस्तुतिहरु रहेका थिए । 

यस्तै लियो क्लव अफ पिस थाहा र पाण्डुकेश्वर क्षेत्र विकास समितिको संयुक्त आयोजनामा पाण्डुकेश्वर मन्दिर परिसरमा तीज विशेष साँस्कृति कार्यक्रम गरिएको छ । थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्र दीप प्रज्वलन गरेर सास्कृतिक कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा लायन्स क्लव अफ पिस थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधानले हरितालिका तीजको अवसरमा महिलाहरुलाई शुभकामना दिए । 

पाण्डुकेश्वर मन्दिर परिसरमा भएका तीज बिशेष साँस्कृतिक कार्यक्रममा लोक गायक जीवन परियार, मुक्तिनाथ उप्रेती, थाहा कलाकला केन्द्र र स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो । दुबै स्थानमा भएको कार्यक्रममा महिलाहरुको उपस्थिति खचाखच थियो । पाण्डुकेश्वरको कार्यक्रम लियो क्लब अफ पिस थाहानगरका अध्यक्ष अनित विष्टको सभाध्यक्षतामा भएको थियो ।