nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

तीजको अवसरमा थाहानगरका महादेव मन्दिरमा मेला भरिदै

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्व १६ भाद्रमा देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

यस अवसरमा मकवानपुरको थाहानगरका विभिन्न महादेव मन्दिरमा १६ भाद्र दिउँसो मेला लाग्ने छ । थाहानगरको प्रसिद्ध धार्मिक स्थल पाण्डुकेश्वर महादेव मन्दिरमा यसवर्ष पनि मेलालाई व्यवस्थापन गर्नको लागि पाण्डुकेश्वर क्षेत्र विकास समितिले स्वयंसेवक तथा सहयोगी परिचालन गर्ने अध्यक्ष जनक हमालले जानकारी दिए ।  मनिदरमा पुजाआजाको लागि पुग्ने भक्तजनलाई सहजे दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको अध्यक्ष हमालले जानकारी दिए । 
यसैबीच पाण्डपेश्वर महादेव मन्दिरमै यसपाली पनि भक्तजनहरुले दर्शन गर्न नपाउने भएका छन् । २०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुगेपछि नजिकैको धर्मशालामा राखिएको पाण्डुकेश्वरको मूर्तिमा पुजा गर्ने भएका हुन् । यसरी धर्मशालामै पुजा गरिएको यो दोस्रो तिज हो । मन्दिरको पुर्ननिर्माण हुँदै गरेकोले धर्मशालामा पुजा गर्ने व्यवस्था मिलाइएको पाण्डुकेश्वर क्षेत्र विकास समितिले जनाएको छ । १ करोड १७ लाख ९२ हजारको लागतमा मन्दिर पुर्ननिर्माण भएको भए पनि छनाको लागि बजेट अपुग भएकोले पूर्ति मन्दिरमा सानृ नसकिएको समितिले जनाएको छ । छानाको लागि यसवर्ष योजना बनाइएको छ । छनाको लागि ३६ लाख भन्दा बढि लाग्ने प्राविधिकहरुले बताएका छन् । 

महिलाहरुको महानपर्व तीजको अवसरमा थाहा नगरपालिकाको पाण्डुकेश्वर, गोरखनाथ, किटेनी स्थित महादेव मन्दिर, आग्रा, चित्लाङको चम्पेश्वर, टाहाखेलको महादेव मन्दिर लगायतका महादेवका मन्दिरहरुमा १६ भाद्रमा मेला लाग्नेछ । 

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)