nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

तामाङ सञ्चार समूह मकवानपुरको अधिवेशन फागुन २६ गते, अध्यक्षका लागि ४ जनाको चर्चा

मकवानपुर, २४ फागुन । मकवानपुरमा कार्यरत तामाङ सञ्चारकर्मीहरुको संगठन तामाङ सञ्चार समूह मकवानपुरको शाखाको दोस्रो अधिवेशन यही फागुन २६ गते शनिबार हुने भएको छ । नेपाल पत्रकार महासंघको सभाहल हेटौँडामा बिहान ११ बजेबाट हुने अधिवेशनले नयाँ कार्य समिति समेत चयन गर्ने तामाङ सञ्चार समूह मकवानपुरकी अध्यक्ष दुदुमाया सिन्तानले जानकारी दिईन् ।

प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा हुने अधिवेशनको उद्घाटन सत्रमा तामाङ सहित सांसद कुमारी मोक्तान, ओम घलान प्रदिप, हेटौँडा उपमहानगरपालिका उपमेयर मीना लामा, भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान र बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलानलाई समेत सम्मान गरिने बताइएको छ ।

अधिवेशनको तयारी समेत गरिसकिएको बताउँदै अध्यक्ष सिन्तानले सबै संचारकर्मीलाई उपस्थितीको लागि अनुरोध गरेकी छिन् ।

‘अध्यक्षका लागि ४ जना दाबेदार’

तामाङ सञ्चार समूह मकवानपुरको अध्यक्षका लागि यो पटक ४ जना आकांक्षी देखिएका छन् । अध्यक्ष पदका लागि समूहकी अध्यक्ष दुदुमाया सिन्तानले पूनः नेतृत्व लिने आकांक्षा प्रकट गरेकी छिन् । ‘साथीहरुको साथ र समर्थन भएमा एक पटक पून नयाँ कार्यकालमा अध्यक्ष भएर काम गर्ने इच्छा छ, ’ उनले भनिन्, ‘आसा छ साथीहरुले साथ दिनुहुन्छ होला ।’

अध्यक्ष सिन्तान हाल रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जमा समाचारवाचक तथा कार्यक्रम प्रस्तुत गर्छिन् । उनले मकवानपुरमा नै वि.सं. २०६४ सालमा नेशनल एफ.एम.बाट समाचारवाचकको रुपमा पत्रकारिता सुरु गरेकी थिईन् । उनी जिल्लाकै पहिलो तामाङ भाषाको समाचारवाचक महिला पत्रकार समेत हुन् । त्यसको लगत्तै उनी वि.सं. २०६६ सालमा ईक्वेल एक्सेसमा साथीसँग मनका कुरा र नयाँ नेपाल कार्यक्रमको जिल्ला सामुदायिक अनुसन्धानकर्ताका रुपमा आवद्ध भईन् । उनले वि.सं. २०६६ सालमा रेडियो थाहासञ्चारमा नेपाली भाषाको समाचारवाचक तथा तामाङ कार्यक्रम संचालिकाका रुपमा काम गरेकी थिईन् ।

वि.सं. २०७२ सालमा व्यक्तिगत समस्याका कारण थाहा सञ्चारबाट बिदा भएकी उनी अहिले  पून थाहा सञ्चारमा नै कार्यरत छिन् ।

अध्यक्षका आकांक्षीका रुपमा शाखाका उपाध्यक्ष धर्मराज स्याङ्तान पनि देखिएका छन् । वि.सं. २०६८ सालमा ‘सेकेण्ड कमिङ टाईम्स’ साप्ताहिकबाट कार्यकारी सम्पादकका रुपमा पत्रकारिता सुरु गरेका स्याङ्तानले त्यसको लगत्तै मुख्य रुपमा मनहरी क्षेत्रमा वितरण हुने ‘टण्टला’ साप्ताहिकमा काम गरेका थिए । हाल आलेखहरु लेखनमा उनी सक्रिय छन् ।

त्यस्तै अध्यक्षका अर्का दाबेदारका रुपमा देखिएका चन्द्र घलानले वि.सं. २०६६ सालमा शक्ति एफ.एम.बाट पत्रकारिता सुरु गरेका हुन् । शक्ति एफ.एम.मा युवामाझ लोकप्रिय कार्यक्रम ‘किन लाग्छ माया ?’ चलाएपछि एकाएक चर्चामा आएका घलान अहिले तु खबर डटकम अनलाईनमा कार्यकारी सम्पादक छन् । साथै रेडियो अनमोलमा प्रोडक्सन म्यानेजर र समावेशी चिन्तन साप्ताहिकमा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् । विभिन्न सञ्चार माध्यममा कार्यरत उनी ८ वर्षदेखि क्रियाशिल छन् ।

वि.सं. २०७० सालसम्म शक्ति एफ.एम.मै कार्यरत घलानले त्यसपछि रेडियो सरोबरमा स्टेसन कोअर्डिनेटरका रुपमा काम गरेका थिए । त्यस समयमा समेत युवामाझ लोकप्रिय कार्यक्रम चलाएर चर्चामा आएका उनी तामाङ सञ्चार मकवानपुरका सह–सचिव, नेपाल पत्रकार महासंघका कार्य समिति सदस्य र आदिवासी जनजाति पत्रकार महासंघका कार्यसमिति सदस्य हुन् ।

अध्यक्षकै आकांक्षीका रुपमा शुभराज भोम्जन पनि देखिएका छन् । उनी तामाङ सञ्चार समुह मकवानपुरका सदस्य हुन् । भोम्जनले सामाजिक सञ्जाल मार्फत अध्यक्षको उम्मेदवारी समेत घोषणा गरेका छन् ।

बिगत ६ वर्ष देखि बिभिन्न सञ्चार माध्यममा काम गर्दै आएका सञ्चारकर्मी भोम्जनले आफ्नो उम्मेद्धारी सहि र सबल नेतृत्वको लागि रहेको बताएका छन् । भोम्जन हाल शान्तिपुर दैनिक, ईसरोकार डटकम र भोमो खबर डटकममा कार्यरत छन् ।









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg