nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

तामाङ घेदुङमा घलान र नेवाः देय दबु मकवानपुरको अध्यक्ष योगेश्वर श्रेष्ठ

‘नेवाः ताम्सालिङ समन्वय समिति मकवानपुर’ को मंगलबार गठन गरिएको छ । समितिको संयोजकमा नेपाल तामाङ घेदुङ मकवानपुर अध्यक्ष लिलाकुमार घलान र नेवाः देय दबु मकवानपुर अध्यक्ष योगेश्वर श्रेष्ठ चयन भएका छन् । हेटौँडामा १९ असारमा भएको समितिको भेलाले घलान र श्रेष्ठलाई संयोजक तोकेको हो ।

समितिका सदस्यहरुको भने विवादका कारण तोकिएका छैनन् । गत जेठ १५ गते भएको नेवाः ताम्सालिङ प्रदेश राजनीतिक भेलाबाट जारी काठमाडौँ घोषणा पत्रको पाँचौँ बुँदामा प्रदेश राजधानी काभ्रेको धुलिखेल वा बनेपा र पनौतिमा तोक्न माग गरिने व्यहोरा उल्लेख भएको विषयमा मकवानपुरका सरोकारवाला व्यक्तिहरुबाट असन्तुष्टि देखिएपछि सदस्य चयन पछि गरिने भएको हो । समन्वय समितिले प्रदेशको नामाकरण ‘नेवाः ताम्सालिङ’ राख्ने र भाषा र पहिचानको मुद्धामा केन्द्रित रहनुपर्ने बताउँदै उनीहरुले प्रदेश राजधानीका विषयमा समितिले निर्णय गर्ननहुने बताएका छन् ।

भेलामा बोल्दै नेपाल तामाङ घेदुङ संघीय अध्यक्ष मोहन गोलेले जिल्ला–जिल्लामा समन्वय समिति निर्माणका क्रममा काठमाडौँ घोषणा पत्रको पाँचौ बुँदालाई बढी जोड नदिई तामाङ र नेवारको भाषागत पहिचान र प्रदेशको नामाकरणका विषयमा मात्र जोड दिइएको भन्दै उक्त बुँदालाई ठूलो इस्यू नबनाउन आग्रह गरेका छन् । साथै उक्त बुँदाका बारेमा केन्द्रमा छलफल समेत गरेर पूनरविचार समेत गरिने बताएको भेलामा सहभागी तामाङ पत्रकार संघ मकवानपुर सचिव दिलबहादुर लामाले बताए ।

भेलामा नेपाल तामाङ घेदुङ संघीय अध्यक्ष गोले सहित महासचिव बाबु घिसिङ, सचिव रामकृष्ण भ्लोन, संघीय समाजवादी फोरम मकवानपुर अध्यक्ष शुभरत्न गोले, सुनकुमार मानन्धर, नेवाः देय दबुका कोषाध्यक्ष बिसलाल खड्गी, घेदुङका संघीय सदस्य सुनिल मोक्तान, अर्जुन योञ्जन लगायतको उपस्थिति रहेको थियो ।