Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

तरकारी जोन शिखरकोटको प्रमुखमा लामिछाने

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई तरकारी जोनको प्रमुखमा वरिष्ठ कृषि विकास अधिकृत महेश्वर  लामिछाने सरुवा भएर आएका छन् ।  लामिछाने केरा जोन चितवनबाट सरुवा भएर थाहानगर आएका हुन् । 

हाल सेवारत् वरिष्ठ कृषि विकास अधिकृत सुजन अम्गाईको स्याउ सुपर जोन जुम्ला सरुवा भएपछि लामिछाने प्रमुखका रुपमा आएका हुन् । अम्गाइ तरकारी जोन शिखरकोटमा स्थापनाकालदेखि सेवारत् परियोजना प्रमख हुन् । अम्गाइले कृषकको हितमा आवश्यकतामा आधारित कृषिमा आधुनिकीकरणमा योगदान पु¥याएको कृषकहरुले बताएकाछन् । कृषकको हितमा प्राविधिक सहयोगका लागि साँझ विहान समेत नभनी सेवा दिनूभएका अम्गाईको सँधै सफलताको कामना गरेका छन् । 

वि.सं. २०७४ मंसिरबाट कार्यानवयनमा आएको तरकारी जोनको सेवा क्षेत्र थाहा नगरपालिकाको १२ वटा वडा र इन्द्रसरोवर गाउँपालिकाको ५ वटा वडा रहेको छ । 


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०