nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

तरकारी जोन मार्फत २ हजार ८ सय ४६ कृषक लाभान्वित 

Zone-Office-1515424543-1566201332.jpg

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई तरकारी जोन पालुङमा सुचीकृत बीउको अभाव भएको छ । कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा थाहा नगरपालिका वडा नंम्बर ३ मा व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र ( तरकारी जोन ) को रुपमा कार्यालय सञ्चालनमा रहेको छ । 

जोन परियोजना पालुङले मकवानपुरको थाहा नगरपालिकाको १२ वटै वडा र इन्द्रसरोवर गाउँपालिकाको ५ वटै वडामा कार्यक्रम सञ्चचालन गरिरहेको छ । आर्थिक बर्ष २०७४÷०७५ देखि मकवानपुर जिल्लाको थाहा र इन्द्रसरोवरमा कार्यक्रम सञ्चालन गदै गर्दा हाल सम्म जोन मार्फत २ हजार ८ सय ४६ जना कृषक लाभान्वित भएका छन् । इन्द्रसरोवर र थाहा नगरका ६ सय १२ हेक्टर जमिनमा जोनको मातहतमा तरकारी खेती भैरहेको छ । तर जोनको कार्यक्रमले मौसमी तथा बेमौसमी तरकारीहरु खेती गरिँदै आएको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा सूचीकृत बीउको अभावका कारण किसानले सूचीकृत नभएको बीउ लगाइरहेका छन् ।

कृषिको चारवटा संवाहक सुपर जोन, जोन, ब्लक र पकेट अन्तर्गत मकवानपुरको थाहा नगर र इन्द्रसरोवरमा जोन स्थापना भएको हो । जोन परियोजना कार्यान्वयन इकाइ मार्फत व्यवशायीक तरकारी उत्पादनलाई जोड दिनुका साथै कृषकहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु, तरकारी खेतीको उत्पादन, ब्यवसायिकरण, प्रसोधन तथा बजारिकरण, कृषि समुह, कृषि सहकारी, कृषि उद्यमी र फर्म तथा जल उपभोक्ता समितिलाई सुचिकृत गराउने लगायतका विविध कार्य भैरहेका छन् ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।