nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

तरकारी जोन पालुङद्वारा ८० किसानलाई निशुल्क जैविक मल र विषादी वितरण

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना तरकारी जोन कार्यालय पालुङले जैविक मल तथा विषादीको प्रदर्शनी गर्दै निशुल्क सामाग्री वितरण गरेको छ ।
तरकारी जोन पालुङले असार १२ गते बिहिबार थाहा नगरपालिका वडा नं ३ घर्तिखोलामा कार्यक्रम गरी प्राङ्गारिक/जैविक मल तथा विषादीकोे प्रदर्शन तथा निशुल्क सामाग्री वितरण गरेको हो । जोन कार्यालयको चालु आर्थिक वर्ष २०७५/७६ को बार्षिक कार्यक्रम अनुसार प्राङ्गगारिक खेतीलाइ बढवा दिन र विषादीको खपतलाइ न्यूनिकरण गर्नको लागि कार्यक्रम संचालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना तरकारी जोन कार्यालय पालुङ परियोजना प्रमुख सुजन अम्गाइले जानकारी दिए ।
कार्यक्रममा थाहा नगरपालिका वडा नं ३ का ३ वटा कृषक समुह र २ वटा सहकारीका ८० जना सदस्यहरुलाई प्राङ्गारिक मल÷जैविक मल जैविक वषादी र यल्लो ट्यारप वितरण गरिएको थियो ।

सामाग्री प्राप्त गर्ने कृषक समुहहरुमा अविरल कृषक समुह, जागरुक कृषक समुह र प्रगितशील कृषक समुह रहेको छ भने सहकारीहरुमा जनशक्ती कृषि सहकारी र बागेश्वरी कृषक सहकारी रहेका छन् ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।