Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

तरकारी जोनले गर्यो वार्षिक योजना तर्जुमा

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना तरकारी जोन कार्यालय, पालुङ, शिखरकोटको आर्थिक वर्ष ०७५/०७६ को योजना तर्जुमा गोष्ठी इन्द्रसरोवर गाउँपालिकाको सिम्लाङमा सम्पन्न भएको छ । 

सिम्लाङको होटल डि लेकसाइडमा सम्पन्न गोष्ठीमा जोनका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत सुजन अम्गाइले योजनाहरु प्स्तुत गरेका थिए । कार्यक्रममा जोन संचालन समितिका पदाअधिकारीहरु, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो । 

जोन संचालन समितिका अध्यक्ष सुदर्शन विष्टको विशेष उपस्थितीमा भएको कार्यक्रममा जोनका कार्यक्रम संचालन हुने दुई स्थानीय तहका कृषि प्राविधिकहरु, किसान–२ का कृषि प्राविधिकहरुलगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागहिरुले किसानले प्रत्येक्ष लाभ पाउने गरी कार्यक्रम संचालन गर्न सुझाव दिएका थिए । उनीहरुले स्थानीय तह र जोनले संचालन गर्ने कार्यक्रममा दोहोरोपना आउन नदिन सुझाएका थिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०