Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

तरकारी जोनको आयोजनामा योजना तर्जुमा गोष्ठी

Jooooooon111111-1581691731.png

प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाईको आयोजनामा एक दिने योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । 

इन्द्रसरोवर गाउँपालिकाको सिम्लाङमा भएको गोष्ठीको प्रमुख अतिथी इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा रहेका थिए । कार्यक्रममा तरकारी जोन पालुङका प्रमुख महेश्वर लामिछानेले सहजीकरण गरेका थिए । 

जोन संचालक समितिका अध्यक्ष सुदर्शन विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा समितिका पदाअधिकारीहरु, कृषि प्राविधिकलगायतको सहभागिता रहेको थियो । गोष्ठीका अवसरमा आर्थिक वर्ष २०७६/०७७ मा संचालन भैरहेको कार्यक्रमको समेत समिक्षा गरिएको थियो । 

तरकारी जोनको कार्यक्षेत्र थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका रहेको छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०