Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

तयारी नपुगेपछि मकवानपुरका गाउँ तथा नगर सभा हुन सकेन

तयारी नपुगेका कारण मकवानपुरका सबै स्थानीय तहको गाउँ तथा  नगरसभा हुन सकेन । आइतबारदेखि स्थानीय तहमा बजेटका लागि हुने भनिएको ‘नगर तथा गाउँसभा’ पर्याप्त तयारी नपुगेको भन्दै केही दिन पछि सारेका छन् ।


सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आइतबारदेखि नगरसभामार्फत पहिलो बजेट सार्वजनिक गर्ने निर्देशन दिएपनि मकवानपुरका स्थानीय तहले पर्याप्त समय नभएको भन्दै पछि सारेका छन् । शुक्रबारसम्म नगर तथा गाउँसभामार्फत बजेट पेश गर्न निर्देशन दिएको छ ।

मकवानपुरको थाहा नगरपालिकालगायत नगरपालिकाले तयारी नपुगेका कारण शुक्रबार मात्र नगरसभा गर्ने बताइएको छ ।

स्थानीय तहमा वर्षभरि हुने चालु खर्च, पूँजीगत खर्च, स्थानिय राजस्व र स्थानीय सरकार सञ्चालनका लागि स्रोतसहितको बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको थियो ।