Tuesday, 27th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

तपाईको नाम भोटलिष्टमा नाम छ कि छैन ? (आफ्नो फोटोसहित विवरण यहाँबाट हेर्नुहोस्)

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा तपाईले भोट दिन पाउनुहुन्छ कि हुन्न?, मतदाता नामावलीमा तपाईँको नाम छ कि छैन ? त्यो खुल्दुली लागेको भए यहाँ हामी त्यसको समाधान गर्दैछौ। कसरी हेर्ने त ?

१. सबैभन्दा पहिले तल लिंकमा आफ्नो जिल्ला छान्नुहोस्।

'२. त्यसपछि आफू बस्ने गाविस वा नगरपालिकाको नाम छान्नुहोस्।

३. त्यस तलको भागमा तपाईंको वार्ड नम्बर छान्नुहोस्।

४. त्यसपछि मदतान केन्द्र छान्नुहोस्।

५. त्यसपछि SUBMIT लेखेको बटन क्लिक गर्नुस्।

केहीसमयपछि तपाईँको विवरण छाने अनुसारको नामावली आउँछ। नामावलीमाको माथि तपाईंको आफ्नो नामको पहिलो अक्षर बाट आफ्नो नाम खोज्दा सजिलो हुनेछ।

६ . आफ्नो फोटोसहितको पूरा विवरण हेर्न आफ्नो जन्ममिति वा नागरिकता नम्बर राख्नुपर्नेहुन्छ त्यसका लागि आफ्नो नामको पछाडि मतदाता विवरण भनेर आउँछ त्यहाँ क्लिक गर्नुहोला। त्यसपछि जन्ममिति/नागरिकताको नम्बर राखिसकेपछि कुन चित्रमा क्लिक गर्ने भनेको छ त्यसमा क्लिक गरेपछि तपाईँको पूरा विवरण आउँछ। निर्वाचन आयोगले वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनअघि विशेष सुरक्षासहितको नयाँ मतदाता परिचयपत्र वितरण गर्दैछ। '

तपाईको विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।

 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg