nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

ढाकाबाट आम्दानी गदै कैलाशका समिता

daka-1563687073.jpg

बैदेशिक रोजगारीको प्रलोभनमा आफ्नो देश छोड्नेहरुको लर्को लागिरहेको छ । आफ्नो देशमा केही गर्न सकिँदैन र विदेशमा सजिलै पैसा टिप्न सकिन्छ भन्ने मानसिकता बोकेका युवाहरुको मानसिकता परिवर्तन गर्नु वर्तमान आवश्यकता हो । स्वदेशमा नै लगानी र मेहनत गर्ने हो भने जे पनि सकिन्छ भन्ने बलियो उदाहरण बनेकि छिन कैलाश गाउँपालिकाकी समिता श्रेष्ठ । कैलाश गाउँपालिका वडा नं ६ तल्लो पकनीमा बसेर ढाका र पस्मिनाबाट आम्दानीको स्रोत खोजि रहेकी श्रेष्ठले  विगत ७ वर्ष देखि ढाकाको कपडा बनाउने र ढाकाको पछ्यौरी र खादा बुन्ने गर्दै आइरहेकी छिन । 

सानो किराना पसल गरिरहेकी उनले पसलमा हुने फुर्सदको समयलाई सदुपयोग गर्दै ढाकाको कपडा बुन्न थालेकी हुन् । “पसलमा बसेर हुने फुर्सदको समयमा मात्र काम गर्दा पनि दिनमा २ वटा ढाकाको पछ्यौरा बुन्न सकिन्छ” उनले भनिन् । आफुले मात्र नभएर अरुलाई सिकाउने काममा समेत उनी सक्षम भएको बताउछिन् । उनले बुनेका ढाकाको कपडा साना किसान सहकारी मार्फत देश बाहिर जाने उनले बताइन् । उनले बुनेको कपडाबाट उनले एक पछ्यौरीमा ५ सय रुपैँया प्राप्त गर्छिन । 

आफुले गरिरहेको कामलाई थप प्रोत्साहन गरी स्थानिय स्तरमा रहेका युवाहरुमा सिप विकास गर्नु पर्ने र उत्पादित सामाग्रीलाई स्तानिय स्तरमा बजार व्यवस्थापन गर्न सहयोगको आशा गरेको बताउछिन् । 
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।