nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

ढाँटेर नागरिकता बनाउनेको छानविन हुन्छ: सिडिओ तामाङ

मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले नाम र ठेगाना ढाँटेर नेपाली नागरिकता लिनेहरुको छानविन गर्ने बताएका छन् ।

नाम र ठेगाना ढाँटेर भारतीयहरुले नेपाली नागरिकता लिएको भन्दै पर्सा जिल्ला बसडिल्ला वडा नम्बर ७ बस्ने उसमान अन्सारीले २२ वैशाखमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दर्ता गराएपछि यो विषय बाहिर आएको हो ।

पाँच जना भारतीयले आफ्नो नाम, ठेगाना ढाँटेर नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी परेको हो ।  भारतको बिहार पूर्वी चम्पारण अञ्चल रामगढवा प्रखण्ड रामगढवा डाकभर आमोदेई ग्राम पन्चायत रघुनाथपुर घर भएका ५ जनाले, हाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ बस्ने इव्राहिम अंसारीको छोरा बनी नेपाली नागरिकता प्राप्त गरेको भन्दै  पर्सा जिल्ला बसडिल्ला वडा नम्बर ७ बस्ने उसमान अन्सारीले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा महमद जावेद अंसारी, सकिल अंसारी, एजाज अंसारी, प्रवेज अंसारीलाई प्रतिवादी बनाईएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)