Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

डाँडाबास–गोलढुङ्गा सडक २३ दिनपछि खुल्यो

मकवानपुरको कैलाश गाउँपालिकाको डाँडाबास–गोलढुङ्गा सडक खण्डमा २३ दिनपछि यातायात आवागमन भएको छ । 

थाहा नगरपालिकबाट कैलाश गाउँपालिकाको वडा नम्बर ५ जोड्ने सडक अन्तर्गत २० साउनसम्म गोलढुङ्गासम्म पुर्ननिर्माण सकिएको पुगेको कमल तामाङले जानकारी दिए । २७ असारमा परेको भारी वर्षाका कारण आएको बाढीले सडक बगाएपछि थाहा–कटहरे–हलिते–पोखरी सडक अवरुद्ध भएको थियो ।  

कैलाश गाउँपालिका र स्थानीयहरुको पहलका कारण २० साउनसम्म गोलढुङ्गासम्म सवारी साधन पुग्न सक्ने भएको तामाङले जानकारी दिए ।  उक्त सडकको कटहरेसम्म सडक पु¥याउन अझै ५ दिन लाग्ने अनुमान गरिएको छ । कैलाश गाउँपालिका वडा नम्बर ५ को यो सडक मुख्य सडकहो ।

सडक संजालबाट विच्छेद हुँदा करिब २ करोड बराबरको आलु तथा ३० लाखभन्दा बढि मूल्यको मूला बजारसम्म पु¥याउन कठीन भएको तामाङले बताए । 

यसैबीच वडा नम्बर ५ कै सोलाभन्ज्याङ–बाङ्गे सडक भने अझै खुलाउन सकिएको छैन । गाउँपालिका अन्तर्गतका ग्रामिण सडकहरु खुलाउनको लागि गाउँपालिकाले काम गरिरहेको जनाइएको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०