nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

टेलिसेन्टरमा निरन्तर रुपमा प्रशिक्षार्थी

33720454_1981475538552696-1528109961.jpg
उत्तरी मकवानपुरको थाहामा संचालित टेलिसेन्टरमा निरन्तर रुपमा प्रशिक्षार्थीहरुले कम्प्युटर सिकिरहेका छन । मकवानपुरमा रहेको ८ वटा टेलिसेन्टरहरु मध्ये उत्तरी क्षेत्रको थाहामा रहेको टेलिसेन्टरमा बिगतका बर्षदेखी नै प्रशिक्षार्थीहरुले कम्प्युटर शिक्षा प्राप्त गरिरहेका छन् । थाहा नगरपालिका शिखरकोटमा रहेको टेलिसेन्टर थाहा नगर भरि मै एउटा मात्र सेन्टर हो । जसमा हाल पछिल्लो समयमा ३० जना प्रशिक्षार्थीहरुले कम्प्युटर शिक्षा तालिममा सहभागी भैरहेका छन् । टेलिसेन्टर नेपाल सरकार अन्तर्गत हुलाक मार्फत सन्चालन हुने प्राबिधिक सेन्टर हो । इन्टरनेट सहित सूचना प्रबिधिको पहुँच ग्रामीण क्षेत्रसम्म पुर्याउन एक दशक यता टेलिसेन्टरहरुको स्थापना र सन्चालन भएको थियो । हाल थाहा नगरपालिकामा रहेको टेलिसेन्टरमा थाहा नगरका बिभिन्न स्थानका किशोरकिशोरीहरुले आफ्नो भबिस्य तिखार्दै छन । कम्प्युटर अपरेटर करुणा पौडेलका अनुसार थाहा नगरमा संचालित टेलिसेन्टरमा सिकाइने कम्प्युटरको बेसिक कोर्सको लागी १५ सय रुपैयाँ मात्र लिने गरिएको बताए । अन्य निजि कम्प्युटर सेन्टरहरुमा भन्दा टेलिसेन्टरमा सस्तो सुलभमा कम्प्युटर सिकाइने र सरकारी भएकोले हेर्ने दृष्टिकोण फरक भएता पनि सिकाइ प्रक्रियामा कमजोर भने नरहेको उनले बताए । ूहामीकहाँ आएका प्रशिक्षार्थीहरुले बेसिक कोर्समा राम्रो नेपाली टाइपिङ गर्न सक्छ्नू उनले भने । आफुले सुरुवात देखी नै काम गर्दै आएको भए पनि काम गर्ने र नगर्ने सबैलाई समान तलब हुनुका साथै प्रोत्साहन समेत नभए पछि काम गर्न समस्या भएको उनले बताइन । हाल प्रशिक्षार्थीको अभाबमा देशभरका टेलिसेन्टरहरु बन्द हुने वा गाभिने भन्ने अन्यौल सिर्जना भैरहंदा आफुले काम गर्दै आएको टेलिसेन्टरमा भने प्रशिक्षार्थी हुँदा हुँदै पनि राम्रो सेवा सुबिधा नभएको प्रती उनको गुनासो रहेको छ । महिलाहरु तथा सामान्य लेखपढ भएका जो सुकैले कम्प्युटर सिक्न सक्ने बताउदै पौडेल भन्छिन् नेपाल भर ४ सय २ वटा टेलिसेन्टरहरु सन्चालनमा रहँदा प्रशिक्षार्थीको अभाबमा बन्द हुने अवस्थामा रहे पनि आफ्नो संस्थामा भने कुनै पनि समयमा खाली भने रहेको छैन । सन्चालनमा रहेका टेलिसेन्टरहरु गाभिने कि ? स्थानीय निकायले चलाउने कि ? सामुदायिक विद्यालयले चलाउने कि ? भन्ने अन्यौल रहेको कारण टेलिसेन्टरहरु धारासाही अवस्थामा रहेको बताइन ।


https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।