nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

टिष्टुङ महोत्सव २०७५ मुख्य मन्त्री पौडेलद्वारा उद्घाटन

Tisung-1539159243.jpg

मकवानपुर थाहा नगरपालिका टिष्टुङ (बज्रवाराही)मा एक समारोहकाबीच टिष्टुङ महोत्सव २०७५ को उद्घाटन गरिएको छ । महोत्सवको प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा संसद विरोध खतिवडा, रामनारायण विडारी, जुनेली श्रेष्ठको विशेष आतिथ्यता रहेको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, उपमेयर खड्ग गोपाली, नेपाल पर्यटन बोर्ड प्रदेश ४ का निर्देशक मणीराज लामिछाने, मध्ये नेपाल पर्यटन व्यशायी संघका अध्यक्ष अनन्त पौडेललगायतकाको आतिथ्य रहेको छ । 

कार्यक्रममा उपस्थितहरुलाई थाहा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष शशीधर सुवेदीले स्वागत गरेका थिए । कार्यक्रममा मकवानपुरको उत्तरी क्षेत्र टिष्टुङ पालुङ पर्यटकीय हब भएको मध्ये नेपाल पर्यटन व्यवशायी संघका अध्यक्ष पौडेलले चर्चा गरे । थाहा नगरपालिकाका मेयर लवशेर विष्टले पर्यटकीय संभावना भएर पनि ओझेलमा परेको थाहानगरको विकासका लागि सबैले सहयोग र योगदान दिनूपर्ने बताए । मेयर विष्टले प्रदेश राजधानीको चर्च चलिरहेको सन्दर्भमा कुनै पनि  हालतमा हेटौंडाबाट सर्न नहुने अडान राख्दै सार्नै परे थाहानगरले विकल्प दिने घोषणा गरे । काठमाण्डौबाट १३ किलोमीटरको दुरीमा रहेको थाहानगरको चित्लाङ र बज्रवाराही त्यसको विकल्पको रुपमा अघि सारे ।जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जिल्ला समन्वय समितिले स्थानीयताको प्रवद्र्धन हुने महोत्सवका लागि समन्वय गर्न तयार रहेको बताए । उनले प्रदेश राजधानी कुनै पनि हालतमा सर्न नहुने प्रष्ट्याए । कार्यक्रममा प्रदेश सांसद जुनेली श्रेष्ठले पर्यटन प्रवद्र्धनका लागि गरिएको महोत्सवको प्रशंसा गरिन् । कार्यक्रममा अतिथीहरुरु बोल्नेक्रम जारी छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)