Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

टिष्टुङ महोत्सव सफल बनाउन जनप्रतिनिधी प्रतिवद्ध

WIth-Rajes-1538009069.jpg

मकवानपुर थाहा नगररपालिकाको टिष्टुङ (बज्रवाराही)मा संचालन हुने टिष्टुङ महोत्सव सफल बनाउनको लागि थाहा नगरपालिकाका जनप्रतिनीधहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । महोत्सव मूल आयोजक समितिले थाहा नगरका विभिन्न वडामा पुगेर वडा अध्यक्ष तथा पदाअधिकारीहरुसंग छलफल गरेपछि उनीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । यहि असोज २४ देखि २७ सम्म बज्रवाराहीको सरस्वती बजारमा हुने महोत्सवको लागि आर्थिक तथा सहभागितात्मक रुपले सहयोग गर्ने थाहा–३ का वडा अध्यक्ष राजेश केसीले बताए । 

महोत्सव मूल आयोजक समिति वडा अध्यक्षहरु संग छलफलका लागि १० असोजमा १ र २ पाल्ुङ, वडा नं. ३ र ४ तथा  वडा नं.र ७ र ८ आग्रा पुगेको थियो । छलफलमा वडा अध्यक्षहरुले आफूले व्यक्ति गत तथा संथागत रुपमा आर्थिक सहयोग जुटाउन भरमग्दुर सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । ऐतिहाँसिक टिष्टुङ महोत्सवमा आफ्नो वडाबाट अवलोकनका लागि नागरिकहरुलाई उपस्थित गराउने वडा नं. ७ का वडा अध्यक्ष सनम सिं मुक्तानले बताए । महोत्वका लागि जनप्रतिनीधिले सघाउने प्रतिवद्धताप्रति महोत्सव मूल आयोजक समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले खुशी व्यक्त गरेका छन् । 

महोत्सव सफल पार्नका लागि जनप्रतिनीधिले जनाएको प्रतिवद्धता महोत्सवका लागि असाध्यै सकारात्मक कुरा भएको महोत्सव संचालन सचिवालयका सदस्य प्रमोद जोशीले बताए । छलफल टोलीमा महोत्सव मूल आयोजक समितिका संयोजक इन्द्र बहादुर श्रेष्ठ, सचिवालय सदस्य जोशीतथा अन्य पदाअधिकारीहरुको उपस्थिती रहेको थियो । 

टिष्टुङ महोत्सवमा १ सय ६० वटा स्टल रहने भएका छन् । महोत्सवका लागि तय गरिएको अधिकांश स्टलहरु बुक भइसकेको महोत्सव सचिवालय सदस्य प्रमोद जोशीले जानकारी दिए । कुल २१ लाख ५० हजारको लागतमा संचालन गर्न लागिएको महोत्सवमा स्थानीय क्षेत्रको ‘पर्यटकीय प्रडक्ट’को बजारिकरणलाई सहयोग पुग्ने जोशीले बताए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)