nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

टिष्टुङ महोत्सवमा स्थानीय उत्पादनको आकर्षण

IMGL0230-1539311024.JPG

थाहा नगरपालिकाको बज्रवाराही (टिष्टुङ)मा संचाचलन भइरहेको टिष्टुङ महोत्सवमा स्थानीय उत्पादनहरुको आकर्षण रहेको छ । २४ असोजबाट शुरु भएको महोत्सवमा स्थानीय उत्पादनहरुको आकर्षण रहेको अवलोकनकर्ताहरुले प्रतिक्रिया दिए ।

टिष्टुङ बज्रवाराहीमा संचालन भएको महोत्सवमा उड्कलमा कुटेको चिउरा, स्थानीय खेसको कपडा, कृषि प्रदर्शनीलगायत स्थानीय उत्पादनहरुको आकर्षण रहेको छ । २७ असोजसम्म संचालन हुने महोत्सवमा दैनिक साँस्कृतिक कार्यक्रमहरुको आकर्षण रहेको छ । स्थानीय नव प्रतिभा सँस्कृतिक समाजको विशेष साँस्कृतिक कार्यक्रम रहेको छ । 

प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले उद्घाटन गरेको उक्त महोत्सवमा टिष्टुङको ऐतिहाँसिकताको अवलोकन, स्थानीय गोपाली होमस्टेको अनुभवन लिन सकिन्छ भने नेवारी साँस्कृतिक नाचहरु अवलोकन गर्न सकिन्छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)