Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

टिष्टुङ महोत्सवको तयारी तिब्र, उपसमितिहरुको सक्रियता बढ्यो

मकवानपुर थाहा नगररपालिकाको टिष्टुङ (बज्रवाराही)मा संचालन हुने टिष्टुङ महोत्सवको तयारी तिब्र पारिएको छ । यहि असोज २४ देखि २७ सम्म बज्रवाराहीको सरस्वती बजारमा हुने महोत्सवको तयारी तिब्र पारिएको महोत्सव मूल आयोजक समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । महोत्सव सहजताको साथ संचालन गर्नको लागि २९ वटा उप समितिहरु गठन गरिएको छ । महोत्सव भव्यताकोसाथ सम्पन्न गर्नका लागि उप समितिहरुले पनि क्रियाशीलता बढाएका छन् । 

अधिकांश प्रवद्र्धनात्मक स्टलहरु रहने उक्त टिष्टुङ महोत्सवमा १ सय ६० वटा स्टल रहने भएका छन् । महोत्सवका लागि तय गरिएको अधिकांश स्टलहरु बुक भइसकेको महोत्सव सचिवालय सदस्य प्रमोद जोशीले जानकारी दिए । कुल २१ लाख ५० हजारको लागतमा संचालन गर्न लागिएको महोत्सवमा स्थानीय क्षेत्रको ‘पर्यटकीय प्रडक्ट’को बजारिकरणलाई सहयोग पुग्ने जोशीले बताए । 

महोत्सवका माध्यमबाट ऐतिहाँसिक महात्व बोकेको टिष्टुङ पर्यटकीय गन्तव्यको रुपमा रहँदै आएको छ । टिष्टुङमा ऐतिहाँसिक तथा धार्मिक महत्व बोकेको बज्रवाराही माई, उन्मत्तेश्वरलगायतकाको प्रसिद्ध धार्मिक स्थलहरु रहेका छन् । कृषिको टनेल पकेट क्षेत्रको रुपमा रहेको टिष्टुङमा गोपालीहरुको मा त्रबसोबास रहेको कुन्छाल गाउँ सन् २०१८ का लागि नेपाल पर्यटन बोर्डले पर्यटकीय गन्तव्य गाउँ घोषणा गरेको छ ।  
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)